नेभिगेसन मेनु

सर्पदंश उपचार केन्द्र नहुँदा धामीकै भर
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-17 11:42

112

मुगुमा सर्पदंश उपचार केन्द्र नहुँदा विषालु सर्पको टोकाइमा धामीझाँक्रीकै भर पर्नुपर्ने अवस्था छ। जिल्लामा एन्टिस्नेक भेनम, आइसियु र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ।

जलवायु परिवर्तन तथा विभिन्न कारणले तराईमा पाइने विषालु सर्प पहाडतर्फ आउने गरेका छन्। छायानाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पताल मुगुले कुनै तयारी नगरेको बताउनुभयो।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको व्यवस्था गरिएको छ। संविधानले कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिए पनि जिल्लामा सर्पदंश उपचार नहुँदा सर्पदंशका बिरामी उपचारबाट वञ्चित हुँदै आएका छन्। 

जिल्ला अस्पताल मुगुका प्रमुख डा. कमल ढुङ्गानाले सर्पदंश तालिम प्राप्त चिकित्सकको अभावसँगै एन्टिस्नेक भेनम खोप र आइसियु र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको बताउनुभयो। 

उहाँले जिल्ला अस्पतालमा आउने सर्पदंशका जटिल बिरामीलाई उपचारका लागि जिल्लाभन्दा बाहिर पठाउने गरेको बताउनुभयो। उहाँका अनुसार हिमाली जिल्लामा विषालु सर्प खासै नहुने भएकाले जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आउने गरेका छैनन्। 

सर्पको टोकाइबाट बिरामी भएमा उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। स्थानीय रामसिंह मल्लले जिल्लामा सर्पदंश उपचार केन्द्र स्थापना नगर्दा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको बताउनुभयो। 

छायानाथ रारा नगरपालिका–४ कि स्थानीय बैदेबी सेजुवालले असार महिनामा सर्पले टोक्दा जिल्ला अस्पतालमा सर्पदंशको उपचार नभएपछि झारफुक विधिबाट उपचार गराउनु परेको बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर