नेभिगेसन मेनु

केदारनाथ बुदबुदी महोत्सव सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-29 13:04

Untitled-1 (2)

जुम्ला, भदौ १२ गते । जुम्ला जिल्लाको सिँजामा केदारनाथ बुदबुदी महोत्सव आइतबारदेखि सुरु भएको छ। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले सिँजा गाउँपालिका–४ स्थित केदारनाथ बुदबुदी महोत्सवको उद्घाटन गर्नुभयो।

मन्त्री विसीले सिँजाको केदारनाथलाई प्रदेश सरकारले धार्मिक पर्यटनका रूपमा प्रवर्धन गर्न प्राथमिकता दिने बताउनुभयो। उहाँले सिँजाको संस्कृति र इतिहासलाई बचाउन र संसार सामु ल्याउन यस क्षेत्रमा पूर्वाधार विकासको आवश्यकता रहेको चर्चा गर्नुभयो।

मन्त्री विसीले जुम्लाको कला, संस्कृति र ऐतिहासिकता झल्काउने यस धार्मिक महोत्सवबाट कर्णालीलाई मष्टो संस्कृतिको प्रवर्धन गर्ने सिकाइ हुने बताउनुभयो। 

उहाँले केदारनाथको विकास योजना बनाएमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भीमप्रकाश शर्माले जुम्लाको उत्पादनले कर्णालीको पहिचान भइरहेको बताउनुभयो।

उहाँले जम्लाको रैथानेवाली मार्सी धान, चिनु, कागुनु, स्याउ सिमी उत्पादन गुणस्तर भएमा बजारको खोजीमा कर्णाली सरकारले सहयोग गर्ने वचन दिनुभयो। उहाँले सिँजा सभ्यताभित्र यहाँको रैथाने बाली र कृषि क्षेत्र पनि पर्ने भएकाले कृषि उत्पादन र पर्यटनमा राज्यलाई ठुलो सहयोग पुग्ने बताउनुभयो। कर्णाली प्रदेश सभाका उपसभामुख यशोधा न्यौपानेले पवित्र धार्मिकस्थल केदारनाथलाई संसार सामु चिनाउन आवश्यक रहेको बताउनुभयो।

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले केदारनाथको पर्यटन प्रवर्धन गर्न पालिकाले महोत्सवको आयोजना गरेको बताउनुभयो। मङ्गलबारसम्म सञ्चालन हुने महोत्सवमा आन्तरिक पर्यटकको सहभागिता रहेको छ।

महोत्सवमा स्थानीय रैथाने बाली, स्याउ, राडीपाखी, स्थानीय उत्पादनका खाना राखिएका छन्। सो अवसरमा खस संस्कृति प्रमुख नाच देउडा, धामी नाच, आधुनिक नाच, खस संस्कृतिको नाटक प्रदर्शन गरिने जनाइएको छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर