नेभिगेसन मेनु

सडक निर्माणको काम समयमै सक्न यातायात मन्त्री ज्वालाको निर्देशन
सम्पादक:南亚网络电视
समय:2023-09-02 16:57

JwaLA

सुर्खेत, भदौ १६ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी सुर्खेतको धुलियाविट–भेडाबारी सडक खण्डको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । शनिबार उक्त खण्डको अनुगमनमा पुग्नुभएका मन्त्री ज्वालाले सडक निर्माणको कामबारे जानकारी लिनुभएको हो ।

राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । आयोजनाअन्तर्गत भइरहेको कामको प्रगतिबारे उहाँले जानकारी लिनुभएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

सम्झौताअनुसार सडक स्तरोन्नति र कालोपत्रसँगै १२ वटा मोटरेवल पुल निर्माणको जिम्मा पनि सोही जेभीले पाएको छ । तीमध्ये चारवटा पुल निर्माणको काम सकिएको छ । अन्य निर्माणाधीन अवस्थामा छन् ।

यो सडकले वीरेन्द्रनगरस्थित धुलियाविटबाट भेरीपारिका बस्ती लेकवेशी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्नेछ । हालसम्म राजमार्गको पाँच किलोमिटर कालोपत्रे हुनुका साथै १५ किलोमिटर सडक ग्राभेल भइसकेको छ । अन्य काम चलिरहेको छ । मन्त्री ज्वालाले उक्त सडक खण्डमा सडकको स्थलगत निरीक्षण गर्ने क्रममा काम समयमै सक्न निर्देशन दिनुभयो । सडक निर्माणमा देखिएका समस्या स्थलगत निरीक्षणबाट समाधान खोज्नको लागि अनुगमन गरिएको उहाँले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर