नेभिगेसन मेनु

पुस्तकालय व्यवस्थापन परिमार्जन गर्न सुझाव
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-30 13:46

11

काठमाडौँ, भदौ १३ गते । विद्यार्थी तथा यस क्षेत्रसँग सम्बन्धित व्यक्तिमा पढ्ने बानीको विकास गर्न पुस्तकालय ‘डिजिटाइजेसन’ अभियानलाई तीव्रता दिनुपर्ने यस क्षेत्रका जानकारहरूले बताउनुभएको छ । १६ औँ पुस्तकालय दिवसको पूर्वसन्ध्यामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय पुस्तकालयले आयोजना गरेको ‘टेक्नोलोजिकल रिभोलुसन इन लाइब्रेरी सर्भिस’ सम्बन्धी अन्तर्क्रियामा उहाँहरूले बदलिँदो समय अनुसार पुस्तकालयको व्यवस्थापनलाई पनि परिमार्जन गर्नुपर्ने बताउनुभयो । 

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले केन्द्रीय पुस्तकालयले प्रदान गरिरहेको पुस्तकालय सेवालाई सबै क्याम्पससम्म विस्तार गर्नुपर्ने बताउनुभयो । 

उहाँले यस पुस्तकालयमा सबै क्याम्पसलाई सदस्य बनाउन र विद्यार्थीलाई पुस्तकालयमा व्यस्त राख्ने बानीको विकास गराउन पनि यो अभियानलाई तीव्रता दिनुपर्ने सुझाव दिनुभयो । मुलुकभर रहेका सबै विश्वविद्यालयका पुस्तकालयलाई एकै प्रकारको सफ्टवेयरमा राखेर एक अर्कामा सम्पर्क स्थापित गराउने तयारीमा आयोग रहेको पनि उहाँले जानकारी दिनुभयो । 

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले ‘ई लाइब्रेरी’ अभियानलाई सशक्त रूपमा विस्तार गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगलगायत सबै जिम्मेवार निकायबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।”यस पटक ‘पुस्तौँपुस्ताका लागि पुस्तकालय’ भन्ने मूल नारासाथ १६ औँ पुस्तकालय दिवस मनाइँदै छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर