नेभिगेसन मेनु

पैँसट्ठी परिवारको बिचल्ली
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-18 11:47

Untitled-1

दोलखा, भदौ १ गते । अविरल वर्षाका कारण साउनको दोस्रो साता गौरीशङ्कर गाउँपालिका–७ र ८ मा गएको पहिरोका कारण ६५ घरपरिवारको बिचल्ली भएको छ । सल्लेठाडी र च्याङमार्के भिरबाट आएको पहिरोले गाउँ नै जोखिममा परेपछि ती परिवारको बिचल्ली भएको स्थानीय रमेश मगरले जानकारी दिनुभयो । साउन १८ गते आएको पहिरोमा परेका परिवार कोही सुरक्षित ठाउँ खोज्दै बेहुलीडाँडामा त्रिपाल हालेर बसेका छन् भने कति विद्यालय र कोही आफन्तकहाँ बसिरहेका छन् । दुई साता बित्न लाग्दा पनि न स्थानीय सरकार न त अरू संस्था, कसैले वास्ता नगरेको दुःखेसो उहाँले पोख्नुभयो । 

अधिकांश महिला, बालबालिका र वृद्धवृद्धा रहेका यी परिवारलाई साँघुरा छाप्राभित्रै खाने र सुत्नुपर्ने बाध्यता छ  । एक साताअघि त्रिपाल बाँडेर सरोकारवाला निकायले कुनै खोजखबर नगरेको ८० वर्षीय पहिरोपीडित शमशेरबहादुर मगरले बताउनुभयो  । बेहुलीडाँडामा त्रिपालमुनि छ्वाली र स्याउला ओछ्याएर नौ घरका ५७ जना बसेका छन् । १५ घरधुरी नजिकैको थुक्ची डाँडामा, १८ घरधुरी स्थानीय हुर्पुङ चौतारा प्राथमिक विद्यालयमा र कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोमा परी वडा नं. ८ का दुई जनाको मृत्यु भएको थियो । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी घाइते भएका वडा नं. ७ का कृष्णबहादुर मगर, उहाँकी श्रीमती देवमाया मगर र बुहारी सीता मगर तथा वडा नं. ८ का धनबहादुर मगर, सीता मगर र यज्ञ थामीको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको वडा नं. ८ का वडाध्यक्ष दावारिन्जी शेर्पाले जानकारी दिनुभयो ।

पहिरोले वडा नं. ८ सल्ले, वडा नं. ७ को भस्मे र टोपाटारका घर उच्च जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने देखिएको छ । पहिरोले ठुलो सङ्ख्यामा पशुचौपाया र बालीनालीको पनि क्षति गरेको छ । घाइतेको उपचार, बेपत्ताको खोजी र सङ्कटमा रहेका वडावासीको तत्काल उद्धार र राहतको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार तथा प्रदेश सरकाराई अनुरोध गरिएको वडा नं. ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर