नेभिगेसन मेनु

सेनाको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउन उपप्रधानमन्त्री खड्काको आग्रह
सम्पादक:南亚网络电视
समय:2023-08-01 12:03

k

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन् । 

नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरूभन्दा भिन्न रहेको बताए । उनले यसको सेवालाई अझै बढी विश्वासिलो र जनताको सेवामा समर्पित गर्न सकिनेतिर बढी ध्यान दिन उनले आग्रह गरे ।

अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले सधैं उच्च मूल्यांकन गरिरहेको स्पष्ट पारे । उनले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक परिस्थितिमा होस् वा विपद् तथा उद्धारका काममा रातदिन खटिएर काम गरेकोमा नेपाली जनताले सधैँ सम्मान गर्ने बताए ।

नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार तथा रक्षा मन्त्रालय सधैँ तयार रहने उनको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर