नेभिगेसन मेनु

सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू
सम्पादक:南亚网络电视
लेखक:गोर्खापत्र
समय:2023-08-11 17:07

A-000qq

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा कार्यक्रममा सहभागी हुँदै उहाँले सरकारले युवा नीतिलाई परिमार्जन गर्ने बताउनुभयो । “राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री लिम्बूले युवालाई कसरी बढीभन्दा बढी स्थान र भूमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको बताउनुभयो । उहाँले नीतिमा आवश्यक पर्ने सुझाव दिनका लागि युवालाई आग्रहसमेत गर्नुभयो । खेलकुदमन्त्री लिम्बूले युवालाई देशको नेतृत्व गर्नका लागि तयार हुन आह्वान गर्दै आफूलाई समयानकुल परिवर्तन गर्ने, सबैलाई एकत्रित बनाई देश विकास तथा देश निर्माणको सङ्कल्पमा युवा लाग्नुपर्ने बताउनुभयो । मुलुकमा परिवर्तन, विकास, रोजगारी सिर्जना समयमा नै हुन नसकेको उहाँको भनाइ थियो ।

मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । ‘कौशल युवा, दिगो विकासका लागि’ भन्ने मूल नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर