नेभिगेसन मेनु

अपाङ्गता भएकाको अधिकार कार्यान्वयन गर्न माग
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-23 11:58

Untitled-1 (3)

हेटौँडा, भदौ ६ गते । राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार कार्यान्वयनको अवस्थाका बारेमा अनुगमन गर्न माग गरेको छ । 

महासङ्घले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षणपत्र बुझाउँदै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ कार्यान्वयन तथा अनुगमन गर्न माग गरेको हो । 

ध्यानाकर्षणपत्रमा अपाङ्गता भएका व्यक्तिको हक अधिकार कार्यान्वयनका लागि महासन्धिमा भए बमोजिम कार्यान्वयन तथा अनुगमन समिति गठन गरी अपाङ्गता भएका व्यक्तिको मानव अधिकार प्रत्याभूति हुने वातावरण मिलाइदिन भनिएको छ । 

महासन्धिमा भएको व्यवस्था कार्यान्वयन अवस्थाका बारेमा अपाङ्ग महासङ्घ–नेपाल बागमती प्रदेश समितिले बागमती प्रदेशभित्रका मन्त्रालय, महाशाखा गरी कुल २१ वटा, अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घसंस्था १२ वटा र अपाङ्गता भएका व्यक्ति २६ जनासँग विभिन्न माध्यमबाट अनुगमन गर्दा मन्त्रालयका महाशाखा प्रमुखलाई अपाङ्गता भएका व्यक्तिको अधिकारका बारेमा नै जानकारी नभएको पाइएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । 

अपाङ्ग महासङ्घ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले महासन्धिलाई संसद्ले अनुमोदन गरी पक्षराष्ट्र भएकाले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले महासन्धिमा व्यवस्था भएबमोजिम अपाङ्गता भएका व्यक्तिको हक अधिकार कार्यान्वयनका लागि कार्यान्वयन तथा अनुगमन समिति गठन गर्न माग गर्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर