नेभिगेसन मेनु

ट्रक पल्टिँदा १७ वटा भैँसी मरे
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-29 12:57

sdbadf

नवलपुर, भदौ १२ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको चनौटाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९२२७ नं.को ट्रक बिहान सवा ६ बजे खाल्डोमा परि पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

भैँसी र पाडा लोड गरी ल्याएको ट्रक पल्टिएको हो । नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार ३६ वटा भैँसी र पाडामध्ये १९ वटा मरेका हुन् ।  ११ वटा भैँसी र पाडा भने जीवितै रहेका छन् ।  दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

मरेका भैँसी र पाडालाई खाल्डो खनेर पुर्नका लागि स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर