नेभिगेसन मेनु

सबै काण्डका फाइल खोलौं : महासचिव पोखरेल
सम्पादक:南亚网络电视
समय:2023-08-26 15:33

ण

लेखनाथ, भदौ ८ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीमाथि चौतर्फी आक्रमण र भ्रम छर्ने प्रयास भएको दाबी गर्दै त्यसलाई चिर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

उहाँले एमालेविरुद्व कुप्रचार गरिएको भन्दै एमाले कुनै पनि कालखण्डमा कुनैखाले भ्रष्टाचारका काण्डमा संलग्न नभएको चर्चा गर्नुभयो । शुक्रबार गण्डकी प्रदेशबाट पार्टीको केन्द्रीय समिति र निकायमा प्रतिनिधित्व गर्ने नेताको पोखरामा भएको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो धारणा राख्नुभएको हो । 

असत्य प्रचार गरेर पार्टीविरुद्ध कुप्रचार गर्दा नेता, कार्यकर्ता चूप लागेर बस्न नहुने उहाँको भनाइ छ । ‘यति, ओम्नी, वाइड बडी, गोकर्ण, प्रिन्टिङ प्रेस, गिरीबन्धु जति पनि नाम लिएर एमालेको बदनाम गर्न खोजिएको छ, ती सबैका फाइल खोलेर अनुसन्धान गर्न पार्टीले चुनौती दिएको छ ।’ महासचिव पोखरेलले भन्नुभयो, ‘ढुक्कले जनतालाई बताउनुस्, एमालेले न हिजो भ्रष्टाचार ग¥यो, न भोलि गर्छ ।’ 

उहाँले आगामी निर्वाचनमा एमाले एक्लैलाई पूर्ण बहुमत ल्याउने अवस्थामा पुगाउनेगरी काम गर्न पनि नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । बिहीबार र शुक्रबार चलेको बैठक विभिन्न प्रस्ताव पारित गर्दै सकिएको छ । एमालेले गण्डकी प्रदेशको अधिवेशन असोज १५ र १६ गते तय भएपछि नेता, कार्यकर्ता त्यसको तयारीमा रहेको एमाले गण्डकीले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर