नेभिगेसन मेनु

हेटौँडा सिमेन्टको मूल्य घट्यो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-29 12:56

sdbsf

हेटौँडा, भदौ १२ गते । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।

उद्योगले मूल्य घटाएर ५० केजी तौल बोराको सिमेन्टको कारखानाद्वारा ६४९ रुपियाँ ७५ पैसा बनाएको छ । घटाएको मूल्य आइतबारबाट लागू भएको उद्योगले जनाएको छ । उक्त मूल्यमा उद्योगले ५६४ रुपियाँ मात्र पाउने छ भने बाँकी सरकारलाई करमा जाने छ । यसअघि हेटौँडा सिमेन्ट उद्योगको सिमेन्टको कारखानाद्वारा मूल्य ७०१ रुपियाँ ७३ पैसा रहेको थियो । उद्योगले शक्ति ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उद्योगको सिमेन्ट उत्पादन जडित क्षमता वार्षिक २६ लाख टन रहेकोमा छ । तर पछिल्लो समय उत्पादन क्षमता घट्नुका साथै उद्योग नोक्सानीमा चल्दै आएको छ । २०३३ असोज १३ मा स्थापना भएको उद्योग निर्माणपछि आर्थिक वर्ष २०४२-०४३ बाट उत्पादन सुरु गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर