नेभिगेसन मेनु

डेस्क–बेन्चको अभावमा विद्यार्थी धुलोमा बस्न बाध्य
सम्पादक:南亚网络电视
समय:2023-06-10 17:50

debal,-humla-Rajan

हुम्ला, जेठ २७ गते । दक्षिणी क्षेत्रको एक विद्यालयमा बिधार्थी कक्षा कोठाको धुलाम्मे भुुइमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा डेक्स–बेन्चको ब्यवस्था गर्न नसकेपछि बिधार्थीलाई भुुईमा बसेर अध्ययन गर्नुपरेको हो ।

सर्केगार्ड गाउँपालिका –१ को तुम्च गाउँको देबल आधारभुत विद्यालयका बिधार्थी चार वर्ष अघिदेखि यसरी भुुईमा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयका प्रधानध्यापक कालीबहादुुर रावतले आठ कक्षासम्म पठनपाठन हुने विद्यालयमा कक्षा ७ र ८ का बिद्यार्थी जिर्ण डेक्सबेन्चमा बसेर अध्ययन गर्दै आएको भए पनि बाँकी बालबिकादेखि कक्षा ६ सम्मका सबै बिधार्थी भुुईमा बसेर अध्ययन गर्नेगरेका छन् । 

बेन्च–डेक्स भएका कक्षाका लागि अभिभावक मिलेर २० हजार रुपियाँ उठाएर निर्माण गरिएका हुन् । भवन निर्माण गर्ने कार्य भए पनि कोठामा डेक्सबेन्चको ब्यवस्था नहुँदा चार वर्षदेखि विद्यार्थी भुुईमा बस्दै आएको रावतले बताउनुभयो । 

विद्यालयको कक्षा कोठामा बिद्यार्थीले घरबाट काठको टुुक्रा वा ढुङ्गा बोकेर ल्याई त्यसमाथि बस्नेगरेको विद्यार्थीको भनाइ छ । विद्यालयमा २२० जना बिद्यार्थी अध्ययन गर्दै आएका छन् । प्रअ रावतले वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग डेक्सबेन्चका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको बताउनुुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर