नेभिगेसन मेनु

शाहरूख खानको फिल्म 'डंकी' मा देखिँदैछन् यी कलाकार
सम्पादक:南亚网络电视
समय:2023-06-07 13:55

shaharukh1642582460

यतिबेला बलिउड अभिनेता शाहरूख खान फिल्म 'डंकी' को छायांकनमा व्यस्त छन्। 

पञ्जाबको सेटअपमा छायांकन भइरहेको फिल्मका लागि मुम्बईस्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ। फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरिरहेका छन्। 

यसैबीच शाहरूख खानको फिल्म 'डंकी' का कलाकारको नाम सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भइरहेको छ। जसमा 'डंकी' को कलाकारलाई समावेश गरिएको छ।  

भारतीय सञ्चारमाध्यम एनडी टिभी इन्डियाका अनुसार फिल्ममा शाहरूखसँगै अभिनेत्री तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायतको अभिनय रहनेछ। तर निर्माण टिमले आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।

इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ। 

बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्। यो फिल्म सन् २०२३ डिसेम्बर ११ बाट प्रदर्शन हुनेछ।

अभिनेता शाहरूखको पछिल्लो समय फिल्म 'पठान' प्रदर्शन भएको थियो। फिल्मले विश्वभरबाट १ हजार करोड भारू बढी कमाइ गरेको छ। योसँगै शाहरूख फिल्म 'जवान' मा पनि देखिनेछन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर