नेभिगेसन मेनु

नेपाल–अमेरिका चलचित्र महोत्सव : प्रदर्शन हुने चलचित्रहहरूको सूचीमा ‘ऐना झ्यालको पुतली’ पहिलो
सम्पादक:南亚网络电视
समय:2023-05-24 14:46

无标题 6

नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहहरूको सूची सार्वजनिक गरिएको छ । महोत्सवमा नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाश विक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्र प्रदर्शन हुने भएको छ । 

आगामी जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्रहरू प्रदर्शन हुनेछन् । वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र चलिचत्रहरू चाहिँ एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।

आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीकाअनुसार जुन २२ मा नेपालको तर्फबाट ओस्कार अवार्डका लागि छनोट भएको बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को प्रदर्शनबाट चलचित्र महोत्सवको उद्घाटन हुनेछ । त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ ।

स्थापना कालदेखि सहकार्यरत  ग्लोबल पिस फिल्म फेस्टिबल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष दुई चलचित्र प्रदर्शन हुने र निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ को  विशेष प्रदर्शन हुने समेत आयोजकले जनाएको छ ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । यस वर्षका निर्णायक मण्डलको नाम केहि दिनमा सार्वजनिक गरिने जनाइएको छ । महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ । ‘कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शनहरू भौतिक रुपमा नै आयोजना गर्न लागिएकोले उत्साहित भएका छौं’, महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर