नेभिगेसन मेनु

मण्डला थिएटरमा सुरू भयो नाटक ‘बुद्ध र भिखारी’को नियमित मञ्चन (तस्बिरहरू)
सम्पादक:南亚网络电视
समय:2023-05-31 12:34

Biddha ra bhikari  (1)1685499873

काठमाडौँको थापागाँउस्थित मण्डला नाटकघरमा नाटक ‘बुद्ध र भिखारी’को नियमीत मञ्चन सुरू भएको छ। चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकलाई अनिल सुब्बाले परिकल्पना तथा निर्देशन  गरेका हुन् भने नाट्य रूपान्तरण तथा अनुवादन चेतन आङ्थुपोले गरेका छन्।

नेपाली पौराणिक लोक कथामा आधारित नाटकलाई छाया ‘स्याडो प्ले’ मार्फत मञ्चन हो। यो नाटकमा बुद्ध र चेलाको कथा छ। करिब एक घण्टा लामो नाटक सोमबारबाहेक हरेक दिन बेलुका साढे पाँच बजेदेखि सुरू हुनेछ। अतिरिक्त शो शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ।

यसअघि यो नाटक राष्ट्रिय नाचघर जमलमा आयोजित बुद्ध नाट्य महोत्सवमा र अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ मा मण्डला नाटकघरमा मञ्चन भइसकेको थियो। दर्शकको रूचि बढेकोले चौथोपटक नाटक मञ्चन गर्न लागेको निर्देशक सुब्बाले जानकारी दिए।

आगामी ३२ गते सम्म मन्चन हुने नाटकमा  बेदना राई, प्रतिना राई, रमिता राई, रूपेश लामा, गणेश ताण्डब, नबिन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सन्जिब योगि, मनिश मगर, मोहन राई कलाकारहरूको भूमिका रहेको छ भने  बाल कृष्ण राई, सुरज तमु, अनिल सुब्बा र प्रबृदि राईले संगितमा काम गरेका छन्।

तस्विरहरु:

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर