नेभिगेसन मेनु

लोकगीत प्रतियोगिताको उपाधि जनता माविलाई
सम्पादक:南亚网络电视
समय:2023-05-30 18:43

lok-geet-pratiyogita-news-(3)

म्याग्दी, जेठ १६ गते । गणतन्त्र दिवसको अवसर पारेर नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमाध्यमिक विद्यालय स्तरीय लोक गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनता माध्यमिक विद्यालय रघुगंगा गाउँपालिका–४ दग्नाम प्रथम भएको हो ।

प्रतिष्ठानले जिल्लामै पहिलो पटक आयोजना गरिएको माध्यमिक विद्यालय स्तरीय लोकगीत प्रतियोगितामा उक्त विद्यालयकी छात्रा अस्मिता सेन्चुरीले १८ वटा अन्य प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुनुभएको छ । 

जिल्लाभित्रका १९ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा विजेता बनेसँगै सेन्चुरीले नगर २५ हजार रुपियाँ सहित रनिङ शिल्डको ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उक्त प्रतियोगितामा जामुनाखर्क माध्यमिक विद्यालय बेनी नगरपालिका–६ अर्थुङ्गेकी जमुना दर्जी द्वित्तिय र प्रकाश माध्यमिक विद्यालयकी निरुता विश्वकर्मा तृतीय स्थान हासिल गर्नुभएको हो । प्रतियोगितामा बेनी सामुदायिक माध्यमिक विद्यालय बेनी नगरपालिका–७ का सज्जन परियारले सान्त्वना स्थान हाँसिल गर्नुभएको थियो । 

दोस्रो हुनेले १५ हजार तेस्रो हुनेले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले पाँच हजार रुपियाँ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको प्रतिष्ठान अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।

विजेता विद्यार्थीहरूलाई जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका संरक्षक तथा पूर्व केन्द्रीय सदस्य धनकुमारी थापा, केन्द्रीय सहसचिव तारानाथ आचार्य, केन्द्रीय सदस्य कुमार पुन, गण्डकी प्रदेश अध्यक्ष राजन कार्की, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राजेन्द्र सापकोटा, प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर