नेभिगेसन मेनु

कोरियामा फिल्म 'दृश्यम' को रिमेक बन्ने, 'प्यारासाइट' का अभिनेता देखिने
सम्पादक:南亚网络电视
समय:2023-05-22 17:20

gkjiojh1684741816

कोरियामा बलिउड अभिनेता अजय देवगन र तब्बू अभिनीत फिल्म 'दृश्यम' को रिमेक बन्ने भएको छ।

यस फिल्मको औपचारिक घोषणा कान्स फिल्म फेस्टिभलमा गरिएको हो। कोरियन रिमेकमा अजयले निर्वाह गरेको भूमिकामा 'प्यारासाइट' का अभिनेता सुङ काङ देखिनेछन्।

यो दक्षिण कोरियामा रिमेक हुने पहिलो भारतीय फिल्म हो। 'दृश्यम' पनि सन् २०१३ मा आएको मलयालम फिल्मको हिन्दी रिमेक हो। यो फिल्म हिन्दी, कन्नड, तेलुगु र तमिलमा रिमेक भइसकेको छ। 

कोरियन रिमेकलाई किम जी वनले निर्देशन गर्नेछन्। 'दृश्यम' को रिमेक भए पनि फिल्ममा केही परिवर्तन हुने भारतीय सञ्चारमाध्यम दैनिक जागरणमा उल्लेख छ।

रिमेकका लागि एन्थोलोजी स्टुडियोले भारतीय पानोरामा स्टुडियोसँग सहकार्य गर्ने भएको छ। एन्थोलोजी स्टुडियोका सह-संस्थापक जे चोई 'दृश्यम' को रिमेक बनाउन पाउँदा उत्साहित रहेको बताए।

'हामी कोरियन फिल्मको फ्लेवरमा एक सफल हिन्दी फिल्मको रिमेक बनाउने छौं। कोरिया र भारतबीचको पहिलो सहकार्यले हामीलाई थप उत्साह जगाएको छ। हामी यस फिल्मलाई बनाउन निकै मिहेनत गर्नेछौं,' उनले भने। 

यी भाषामा बनिसक्यो 'दृश्यम' को रिमेक-

कन्नड- दृश्य (२०१४)

तेलुगु- दृश्यम (२०१४)

तमिल- पापनासम (२०१५)

हिन्दी- दृश्यम (२०१५)

सिंहली (श्रीलंकाई भाषा)- धर्मयुद्ध (२०१७)

चिनी- शीप विदाउट ए शेफर्ड (२०१९)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर