नेभिगेसन मेनु

पोखरामा यसै महिना चीनबाट आउने विमान अवतरण हुने सम्भावना, भारत उडानको अवस्था के
सम्पादक:南亚网络电视
समय:2023-06-07 13:06

fdeea2f0-044a-11ee-aa08-4727df20b680

गत ज्यानुअरीमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसै महिना पहिलो पटक अन्तर्राष्ट्रिय उडान अवतरण हुने सम्भावना प्रबल बन्दै गएको अधिकारीहरूले बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एक कम्पनीले चीनबाट पोखरामा चार्टर्ड उडान सञ्चालन गर्ने विषयबारे छलफल गरिरहेको छ।

तर उक्त कम्पनीले आधिकारिक रूपमा चार्टर्ड उडानका लागि अनुमति माग गरिसकेको भने छैन।

‘‘हाम्रो पोखरा कार्यालयमा ट्रान्स हिमालय (कम्पनी) भन्नेले त्यहाँ के के सुविधा छ, विमानस्थलका फिचर के छन् भनेर सोधेको रहेछ,’’ प्राधिकरणका उप महानिर्देशक जगन्नाथ निरौलाले भने।

‘‘जुन महिनाको २१ र २२ तारिखमा (उडान) गर्ने गरी तयारी गरेको भन्ने बुझिएको छ। तर औपचारिक पत्र आइसकेको छैन।’’

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन जोडिएकाले नेपालले हवाई रुट नपाएको हो? नेपाल वायुसेवा निगमलाई सिड्नीका लागि 'स्लट', कहिले सुरु होला व्यावसायिक उडान

प्रारम्भिक छलफल अनुसार दुई दिनमा दुई वटा उडान हुने गरेर कुराकानी अघि बढाइएको छ।

आधिकारिकरूपमा अनुमति माग भएको अवस्थामा आफूहरू स्वीकृत गर्न तयार रहेको प्राधिकरणको भनाइ छ।

जुन २३ र २४ तारिखमा पोखरामा हुन लागेको नेपाल-चीन फ्रेन्डशिप ड्रयागन बोट रेस फेस्टिभलका सहभागीहरू सवार गराएर चीनको चेङ्दुस्थित टिएन्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान पोखराका लागि उड्ने विषयबारे हाल छलफल भइरहेको छ।

विमानस्थल तयार

पोखरास्थित विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि सबै किसिमका पूर्वाधार तयार रहेको अधिकारीहरूको भनाइ छ।

अघिल्लो वर्ष उक्त विमानस्थलको ऋण लगानीकर्ता एक्जिम ब्याङ्कले जारी गरेको एउटा विज्ञप्तिमा पोखरा विमानस्थलमा एअरबस ३२० र बोइङ ७५७ एवम् अन्य जेट मोडलहरूको उडान र अवतरण हुन सक्ने जनाएको थियो।

त्यसमा पोखराबाट चेङ्दु, कुन्मिङ, ग्वाङ्जाओ र अन्य चिनियाँ सहरमा उडान हुनसक्ने भन्दै यो नेपाल र चीनले विकास गरेको 'हिमालयवारपार बहुउद्देश्यीय सम्पर्क सञ्जाल'को महत्त्वपूर्ण पूर्वाधार रहेको उल्लेख गरिएको छ।

सुरुवाती चरणमा उक्त विमानस्थलबाट भीएफआर (भिजुअल फ्लाइट रुल्स) उडान मात्रै गर्न मिल्ने अवस्था थियो।

हाल त्यहाँबाट आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) विधिबाट पनि सेवा सञ्चालन गर्न सकिने अधिकारीहरूले बताएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर