नेभिगेसन मेनु

हेटौँडामा भयो ‘नम्बरी सुन’को प्रिमियर
सम्पादक:南亚网络电视
समय:2023-06-04 14:30

0

काठमाडौँ । अगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘नम्बरी सुन’ । फिल्मको शनिबार हेटौँडामा प्रिमियर गरिएको छ । ओम्याक्स हलमा गरिएको प्रिमियरमा फिल्मका केही कलाकार र स्थानीय दर्शकहरूको उल्लेख्य उपस्थिति थियो । 

फिल्मका प्रस्तुतकर्ता नारायण खातीको जन्मथलो हेटौडा भएकोले फिल्मको पहिलो प्रदर्शन पनि हेटौडामै गरिएको छ । प्रिमियरमा फिल्मलाई दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । 

सुनको इतिहास र सुन बनाउने सुनारको पुरानो चलनलाई फिल्ममा देखाइएको छ । निर्देशक राजु गिरीले फिल्म मार्फत सुन बनाउने सुनारलाई वर्षौं पहिले गाउँका काजीहरूले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको बताए ।

चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षतामा भएको प्रिमियरमा मकवानपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष पवन शाक्य, कलाकार सुशान्त कुमार श्रेष्ठलगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए ।

फिल्ममा गौरव र किरणका साथै नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गीलगायको पनि अभिनय छ ।

फिल्मको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् । फिल्ममा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतमराज खड्काको सम्पादन छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर