नेभिगेसन मेनु

राजु गिरीको फिल्म 'नम्बरी सुन' को शीर्ष गीत सार्वजनिक (भिडिओ)
सम्पादक:南亚网络电视
समय:2023-05-16 14:28

numbari sun song1684138099

राजु गिरी निर्देशित फिल्म 'नम्बरी सुन' को शीर्ष गीत सार्वजनिक भएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो। 

राजेश पायल राई र शान्तिश्री परियारको स्वर रहेको गीतमा गौरव पहारी र नम्रता सापकोटाको नृत्य छ। नारायण खातीको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन्। 

फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ। 

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ।

यो फिल्मको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो। 

दिव्य सुवेदीले छायांकन गरेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गरेका हुन्।

यो फिल्म भदाै १ गतेदेखि प्रदर्शन हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर