नेभिगेसन मेनु

वर्षौँदेखि अलपत्र कालिगण्डकी गर्ज निर्माणको प्रक्रियामा
सम्पादक:南亚网络电视
समय:2023-05-13 13:09

dfh

मुस्ताङ र  म्याग्दीमा आयोजनाको संरचना रहने गरी प्रस्ताव गरिएको  १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडी बढाइएको छ । 

गत मङ्सिर महिनामा आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुसनबाट त्रिवेणी इनर्जी प्रा.लिले कालिगण्डकी गर्जको स्वामित्व लिएसँगै आयोजना निर्माणको प्रक्रिया थालिएको हो । कालिगण्डकी नदीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले २०६३ सालमा उक्त आयोजनाको पहिलो पटक सर्वे गरिएको थियो । 

आयोजनाको मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत गृह प्रस्ताव गरिएको छ । आयोजनामा ६ किलोमिटर सुरुङ निर्माण गरिने छ । यो अवधिमा विभिन्न जलविद्युत कम्पनीहरूले आयोजनालाई अगाडी बढाउन खोजे पनि लगानीकर्ताको अभावमा अलपत्र परेको थियो । कालिगण्डकी गर्ज म्याग्दीमा निर्माण हुने सबैभन्दा ठुलो जलविद्युत आयोजना हो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एन्ड हाइड्रोपावरका प्रतिनिधिबिच लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । तर चिनिया पक्ष लगानीबाट पछि हटेपछि आयोजना अलपत्र परेको हो ।   

गत मङ्सिरमा उक्त कालिगण्डकी गर्जको सम्पूर्ण स्वामित्व त्रिवेणी इनर्जी प्रा.लिले लिई स्वदेशी लगानीमा  आयोजना निर्माणको प्रक्रिया अगाडी बढाइएको प्रा.लिका प्रशासन प्रमुख विजय कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अव हामी आयोजना बनाउने गरी आएका छौँ,आयोजना प्रभावित स्थानीयवासी र सरोकारवाला पक्षको साथ सहयोगको खाँचो छ । एक वर्षको अवधिमा आयोजनाको भौतिक संरचना निर्माण थाल्छौँ ।’’

उहाँका अनुसार अर्धजलाशययुक्त आयोजना निर्माणका लागि कम्पनीले गत फागुनमा नेपाल विद्युत् प्राधिकरण सँग विद्युत् खरिद विक्री सम्झौता(पिपिए) गरिसकेको छ । आयोजनाको कुल लागत ४३ अर्ब अनुमान गरिएको उहाँले बताउनुभयो  । वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेपछि लगानी जुटाएर आयोजना निर्माण थालिने उहाँले बताउनुभयो । 

अहिले आयोजनाको परामर्शदाता रुप्से इन्भारोमेन्ट सोलुसन प्रा.लिले आयोजनाको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कनलाई अगाडी बढाएको छ । सोलुसनका आर्थिक,सामाजिक  तथा सांस्कृतिक विज्ञ मुक्ति ढुङ्गानाले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । शुक्रवार म्याग्दी र मुस्ताङका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सहितको टोलीले आयोजना क्षेत्रको स्थलगत रूपमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा जनप्रतिनिधिहरूले अझै पनि आयोजना निर्माण हुनेमा शङ्का व्यक्त गरेका थिए ।  

आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार बर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खा याममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । 

सुक्खा याममा आयोजनाको पेकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खा याममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्ने छ । यसअघि बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिको आयोजनालाई अर्ध जलाशय बनाउन विद्युत् विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो ।  

आयोजनाले नारच्याङमा  तीन करोड रुपियाँ मुआब्जा दिएर तीन सय रोपनी जग्गा यसअघिनै अधिग्रहण गरिसकिएको छ । उत्पादित विद्युत् १ किलोमिटर माथि दानामा निर्माण भएको  २२० केभीए काली गण्डकी कोरिडोर प्रसारण लाइनको स्वस्टेसनमा जोडिने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर