नेभिगेसन मेनु

अवैध काठ कटान गर्नेलाई कैद र जरिवाना
सम्पादक:南亚网络电视
समय:2023-04-29 13:18

rukum-court

अवैध काठ कटान तथा चिरान मुद्दा लागेका एक जनालाई रुकुम अदालतले कैद र जरिवाना तोकेको छ । जिल्लाको चौरजहारी नगरपालिका-१० का कमल केसीलाई १४ दिन कैद र ५० हजार जरिवानाको फैसला भएको हो । 

जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले उक्त फैसला गरेको हो । जिल्ला अदालत रुकुम पश्चिमका श्रेष्तदार कृत बहादुर बोहराका अनुसार केसी विरुद्ध डिभिजन वन कार्यालय रुकुम पश्चिममार्फत चलेको मुद्दाको फैसला भएको हो । 

केसीलाई कैद, जरिवानाको साथै बरामद गरिएको काठ र काठ चिर्ने मेसिन जफत गर्नेसमेत फैसला भएको श्रेष्तदार बोहोराले बताउनुभयो । १६२.४ क्युफिट सल्ला जातको काठ र काठ चिरानमा प्रयोग हुने आरा मेसिन जफत गर्ने फैसला भएको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर