नेभिगेसन मेनु

चिसो हटेसँगै लेक तिर फर्किँदै भेडी गोठ
सम्पादक:南亚网络电视
समय:2023-04-01 13:51

fgnfgn

चिसोको समयमा बेसी झरेका भेडी गोठ यती बेला गाउँ फर्किन थालेका छन् । बूढी नन्दा, हिमाली , स्वामिकार्तिक, जगनाथ लगायतका अधिकांश स्थानीयहरूको मुख्य पेसा भेडा बाख्रा पालन रहेकोले उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडा बाख्रा पाल्न सहजताका  लागि गत कात्तिकमा बेसी झरेका थिए ।

यती बेला बेसीमा गर्मी सुरु भएसँगै जिल्लाको पूर्वी उत्तर क्षेत्रका बूढी नन्दा, हिमाली , स्वामिकार्तिक, जगनाथ लगायतका भेडी गोठ धमाधम गाउँ फर्किन थालेका हुन् । बूढी नन्दा नगरपालिका –९ पाण्डुसैनका भेडा पालक प्रेमबहादुर थापाले, मङ्सिर, पुस, माघ र फागुन लगायत हिउँदका केही महिना गाउँमा चिसो हुने हुँदा त्यो चिसो छल्न तथा पालन गर्नका लागि गत कात्तिक महिना भेडी गोठ बेसी झरेको र बेसीमा अहिले गर्मी सुरु भएसँगै गाउँ फर्किन थालेको बताउनुभयो ।

उहाँले, भेडा बाख्रालाई गर्मी भन्दा त चिसो ठाउँमै बस्न सहज हुन्छ । हिउँदका केही महिना गाउँमा हिउँ पर्ने गर्छ । लामो समय सम्म हिउँ बिलाउँदैन । भेडा बाख्राले खाने कुरा सबै हिउँले पुर्छ । हिउँ परेपछि भेडा बाख्रालाई धेरै चिसो हुने र चरन टिपन गर्न समेत समस्या हुने गरेकोले हिउँदको केही महिना बेसी तिर झर्ने गरेको बताउनुभयो ।

हिउँदे चिसो छेल्न तथा भेडा बाख्रा पालनलाई पालन पोषण गर्न सहज हुने भएकोले हिउँदका केही महिना घरपरिवार सहित भेडी गोठ बेसी झरेको र  यती बेला बेसीमा पनि गर्मी सुरु भएपछि गाउँ फर्किन थालेको थापाले बताउनुभयो ।

पाण्डुसैनका अधिकांश किसानको भेडा बाख्रा पालन मुख्य पेसा हो । पहिला गाउँका सबै बन खुल्ला हुने गरेकोले उनीहरूलाई भेडा बाख्रापालनमा निकै सहज हुन्थ्यो । अहिले गाउँका ती सबै बन सामुदायिक भएपछि भेडा पालकलाई भेडा पालनमा निकै चुनौती थपिँदै गएको छ ।

पहिला बाजुराको बूढी गङ्गा, त्रिवेणी, खप्तड, छेडे दह र छिमेकी जिल्ला अछाम साँफेबगर नगरपालिकाका केही बनहरू समेत खुल्ला हुन्थे । उनीहरूलाई त्यो बनमा भेडा बाख्रा पालन गर्न निकै सहज हुन्थ्यो । अहिले हिउँद हिमपातका डरले बेसी झर्नु पर्ने बेसीमा पनि सामुदायिक बन उपभोक्ता समितिलाई महँगो कर तिर्नु पर्ने भएपछि भेडा बाख्रा पालनमा चुनौती थपिएको प्रेम थापाले बताउनुभयो । 

उहाँले, पहिले गाउँमा एकै परिवारले पाँच सय भन्दा बढी भेडा बाख्रा पाल्ने गर्थे । त्यति बेलामा बेसी झर्दा बनको समेत  कर  तिर्नु पर्दैन थियो । अहिले भेडा बनमा पस्ने वितिकै सामुदायिक बनले समात्न थाल्दछ । पछिल्लो समयमा भेडा बाख्रालाई चरिचरनमा समस्या भएपछि भेडा बाख्रा पाल्नेको सङ्ख्यामा समेत  निकै कमी हुँदै आएको बताउनुभयो । 

यता भेडा बाख्राहरु बनमा पस्दा नयाँ हुर्किँदै गएका सबै बोट बिरुवा नष्ट पार्ने भएकोले बनमा भेडा बाख्रा मनाही गरेको बन उपभोक्ता समिति बताउँछन् । बूढी नन्दा नगरपालिका वडा नं –९ का वडा अध्यक्ष मानबहादुर रावतले, बूढी नन्दा नगरपालिका अधिकांश स्थानीयको भेडा बाख्रा पालन नै मुख्य पेसा भएकोले यसलाई थप प्रोत्साहन दिँदै जानु पर्ने बताउनुभयो । 

उहाँले, अहिले भेडापालकहरुले राष्ट्रिय बनमा मात्र भेडा चराउने गरेका छन् । हिउँदमा कसैले दानापानी खुवाएर पनि घरमै राख्ने गरेको बताउनुभयो । यो भनेको भेडा बाख्रा पालनको निकै ठुलो समस्या हो । यो समस्यालाई कसरी  समाधान गर्ने भन्ने विषयमा स्थानीय सरकार र भेडा बाख्रा पालक बिचमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर