नेभिगेसन मेनु

एक वर्षदेखी गोठमा थुनिएकी बालिकाको उद्दार
सम्पादक:南亚网络电视
समय:2023-04-05 13:40

pp22

सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा करिब एक वर्षदेखि बाख्रा गोठमा थुनिएकी एक बालिकाको उद्दार गरिएको छ । मानसिक स्वास्थ्यमा समस्या रहेकी  १५ वर्षीया निरुता खत्रीको उद्दार गरिएको हो । मानसिक स्वास्थ्यमा समस्या रहेकी खत्रीलाई घरका अरु सदस्य कामका लागि बाहिर जाँदा घर नजिकै रहेको बाख्रा गोठमा थुनेर जाने गरेको बताइएको छ ।

एकलै छाडिँदा छोड्दा रुखमा चढ्ने, दौडने, जथाभावी हिँडिदा गर्न थालेपछि निरुताकै सुरक्षाका लागि एक वर्षदेखि बाख्रा गोठमा थुन्नुपरेको उहाँकी आमा मानकुमारी खत्रीले जानकारी दिनुभयो । बालिकालाई बाख्रा गोठमा थुनेर राखेको भिडियो सामाजिक सञ्जालमा आएपछि  मानव सेवा आश्रमले नगरपालिका र वडा कार्यालयको सहयोगमा उद्दार गरेर वीरेन्द्रनगरस्थित आश्रममा ल्याएर राखेको छ ।

आश्रममा राखेर थप उपाचार गरिने र स्वास्थ्यमा सुधार आएपछि परिवारसँग पुर्नमिलन गराइने मानव आश्रम सुर्खेतले जनाएको छ । उद्दारमा स्थानीय सरकार वडा तथा नगरपालिकाले पनि सहयोग गरेको छ । भेरीगंगा नगरपालिका–११ मा रहेको जाजारकोटी टोलमा सामान्य परिवारमा जेठो सन्तानको रुपमा जन्मिएको निरुताको पहिलेदेखि नै व्यवहार अरु बालबालिकाभन्दा फरक रहेको आमा मानकुमारीले बताउनुभयो ।

मानकुमारीका अनुसार सानै हुँदादेखि यस्तो समस्या देखिएपनि विस्तारै ठीक हुन्छ होला भन्ने सोच्यौँ तर पछि रोगले झनै च्याप्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विद्यालय पठाउँदा पनि आफ्नै सुरमा हिँड्दै जाने र घरमा राख्दा पनि रुख चढ्ने दौडने गर्न थालेपछि थुनेर राख्नुपरेको हो ।’’

उपचारमा हालसम्म झण्डै १० लाख खर्च हुँदा पनि निको नभएपछि निरुतालाई गोठमा राख्नुपरे  उहाँको भनाइ छ । निरुतालाई उपचारका लागि झामीझाँक्रीदेखि सुर्खेत, नेपालगञ्ज, काठमाडौं हुँदै  भारतसम्म पुर्याउँदा पनि निको नभएको मानकुमारीले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर