नेभिगेसन मेनु

‘सीमान्तकृतलाई मूलधारमा ल्याउनुपर्ने’
सम्पादक:南亚网络电视
समय:2023-04-29 13:12

Untitled-1-Recovered (1)

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व, खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मूलधारमा ल्याउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ।  

राजदूत थम्पसनले शुक्रबार पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उक्त कुरा बताउनुभएको हो। व्यवसायीको दक्षता अभिवृद्धि, उद्यमशीलता, जलवायु परिवर्तनलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य रहने  उहाँको भनाइ थियो। 

पोखरा उद्योग वाणिज्य सङ्घमा भएको भेटमा राजदूत थम्पसनले अमेरिकी सरकारका  जारी सहयोगका परियोजनाहरूको निरन्तरताका साथै केही नयाँ कार्यक्रम सुरु गर्ने तयारीमा रहेको बताउनुभयो। उहाँले भौगोलिक अवस्थितिका कारण पोखरा सूचना प्रविधि उद्योगका लागि उपयुक्त भएको पनि बताउनुभयो। 

उहाँले अमेरिकी सरकारबाट सञ्चालित एमसीसी तथा अमेरिकी सहयोग नियोगमार्फत भएका सहयोगले यहाँको विद्युत् र यातायात एवं आर्थिक वृद्धिका लागि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा राजदूत थम्पसनले पोखराको औद्योगिक एवं व्यावसायिक वातावरण, महिला र युवा उद्यमशीलताबारे चासो राख्नुभएको थियो। 

पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अमेरिकी सहयोगको प्रशंसा गर्नुभयो। कार्कीले नेपाल–अमेरिका दौत्य सम्बन्धको ७५ वर्षे यात्राक्रमको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “सन् १९६१ देखि नेपाल आउन सुरु गरेका पिस कर्पका भोलेन्टियरबाट प्रदान गरिएको शिक्षा र व्यावसायिक तालिम एवं यो क्षेत्रको पर्यटन विकासका लागि प्रदान गरिएको सहयोग महत्वपूर्ण छ।”  

सङ्घकी उपमहासचिव शोभा गौतमले पछिल्लो समय पोखरामा महिलामा उद्यमशीलता फस्टाउँदै गए पनि महिलाकै नाममा सम्पत्ति नहुँदा आवश्यक सीपको अभावले सोचेजस्तो अझै नभएको बताउनुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर