नेभिगेसन मेनु

पानी ल्याउन जुटे धरानवासी
सम्पादक:南亚网络电视
समय:2023-04-28 12:46

Untitled-1

धरान उपमहानगरमा खानेपानीको समस्या समाधान गर्न कोकाहा खोलाको पानी ल्याउन जनता आफैँ श्रमदानमा लागिपरेका छन्। सुक्खायाममा धरानमा पानीको निकै हाहाकार हुने गर्छ। पानीको समस्याले सर्वसाधारणलाई निकै सास्ती खेप्नुपर्ने समस्या भने नयाँ होइन। गत स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएका हर्कराज राईको मुख्य एजेन्डा नै खानेपानी थियो।

धरानको मुख्य समस्या खानेपानीको समाधान गर्न धरानको खोला खोल्साबाट खानेपानी ल्याउन नगरप्रमुख राई लागिरहनुभएको छ। शनिबारको दिन श्रमबार नै घोषित गरी प्रमुख राईसँगै सर्वसाधारण जनता पनि श्रमदानमा खटिँदै आउनुभएको छ। 

उहाँले वर्षायाममा श्रमदानबाट नै पकुवा, निसाने, भालु खोला र सर्दुखर्दु खोलाको पानी ट्याङ्कीमा सङ्कलन गरी वर्षायाममा पानीको जोहो गर्नुभएको थियो। वर्षायाममा अल्पकालीन व्यवस्था गरेर खानेपानी बोर्डले तिर्नुपर्ने बिजुलीको बिलमा एक महिनामा १० लाख रुपियाँ उपमहानगरको बचत भएको थियो। 

हाल धरान वडा नं. २० को कोकाहा खोलाबाट पनि पानी ल्याउन श्रमदान जुटाएर वराह क्षेत्र नगरपालिकाको सिमाना हुँदै पहाडका भीर र अक्करे पहरा हुँदै पाँच इन्च पाइप विस्तार गरिरहनुभएको छ।  कोकाहाबाट धरानसम्म घुमाउँदै ल्याउँदाको दूरी करिब ३० किलोमिटर पर्छ। उक्त पानी धरानमा झार्न सके खानेपानीको आधाभन्दा बढी समस्या समाधान हुने स्वकीय सचिव सुदर्शन लिम्बूले बताउनुभयो। 

उहाँका अनुसार श्रम अभियानलाई साथ दिन यतिबेला दैनिक कम्तीमा सयदेखि दुई सय जना सहभागी हुने बताउनुभयो। शनिबार अर्थात् श्रमबार भने सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा श्रमदानमा सरिक हुन्छन्। तीमध्ये ५० प्रतिशत धरान बाहिरबाट आउने गरेका छन्। नगरप्रमुख राईको खानेपानी परियोजनाको म्यानेजर दत्तकुमार लिम्बूका अनुसार खानेपानी ल्याउने कामका लागि हालसम्म करिब साढे नौ करोड रुपियाँ नगद र जिन्सी सहयोग प्राप्त भएको छ। खानेपानीकै लागि भनेर स्वदेश र विदेशबाट आर्थिक सहयोग आइरहेको छ। 

कोकाहा खानेपानी योजना सम्पन्न गर्न गत चैत २५ मा सिल्भर इन्टरटेन्मेन्टको सहयोगमा ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ भएको थियो। त्यसमा पनि ३६ लाख १८ हजार रुपियाँ उठेकोमा खर्च कटाएर २८ लाख ३६ हजार रुपियाँ सहयोग आएको गत सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराउनुभएको थियो।  

हाल धरानमा पानीको माग दैनिक करिब तीन करोड लिटर रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले बताउनुभयो। उहाँका अनुसार भूमिगत पानी दैनिक एक करोड ६० लाख लिटर र सतहको हिउँदमा ४० लाख लिटर मात्र छ त्यसैले दैनिक करिब एक करोड लिटर पानी अपुग भएकाले धरानमा खानेपानी समस्या भएको बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर