नेभिगेसन मेनु

चट्याङ लागेर छोराको मृत्यु, बाबु–आमा घाइते
सम्पादक:南亚网络电视
समय:2023-04-27 13:04

Lightning-57cfc7ac3e76b2.79191331_gxo39fNjvs

ताप्लेजुङमा बुधवार राति परेको चट्याङले लागेर नाबालक छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् । जिल्लाको मैवाखोला गाउँपालिका–४ साँघु ताम्राङका दारिन्जिङ शेर्पाको घरमा राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर छोरा १० वर्षीय फुर्वादोर्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।

बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । शवको पोस्टमार्टम गरेपछि परिवारलाई बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए । अध्यक्ष वनेमका अनुसार घरमा बसिरहेको बेला चट्याङ परेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर