नेभिगेसन मेनु

कृषि उपज सङ्कलन केन्द्र स्थापना
सम्पादक:南亚网络电视
समय:2023-04-26 13:16

Untitled-2 (2)

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१, पतवारीमा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रको स्थापना गरिएको छ। 

वडाध्यक्ष तिलकराम न्यौपानेले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजनाका साथ सङ्कलन केन्द्र सञ्चालन गरिएको जानकारी दिनुभयो। वडाध्यक्ष न्यौपानेले भन्नुभयो, “व्यावसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि कृषि सङ्कलन केन्द्र उपयोगी हुनेछ भन्ने मेरो विश्वास छ। कृषि सङ्कलन केन्द्रबाट नगरपालिकाभित्रका कृषकलाई लाभ हुनेछ। 

कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै त्यहाँका कृषक खुसी भएका छन्। स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुने भएको छ। सो केन्द्र स्थापनाले तरकारी खेतीमा संलग्न दुई सयभन्दा बढी किसान लाभान्वित भएका छन्। 

तीन वर्षअघि स्थापना भएको भवन विभिन्न कारणले सञ्चालन हुन सकेको थिएन। अहिले भने यहाँबाट किसानले सेवा लिन थालेका छन्। सङ्कलन केन्द्रका अध्यक्ष हिमबहादुर केसीले बजारीकरणको समस्यासँगै, उचित मूल्य नपाएका किसानलाई अब यस केन्द्रबाट सेवा दिइने बताउनुभयो। उहाँले सेवा विस्तारमा सबै एकजुट भए कतैबाट पनि किसान ठगिन नपर्ने बताउनुभयो। 

तरकारी सङ्कलन केन्द्र नहुँदा किसानले सास्ती खेप्दै आएका थिए। तरकारी उत्पादन भए पनि बजार नपाएका बेला तरकारी खेतमा कुहिने अवस्था थियो। बजार व्यवस्थापन समितिका संयोजक आनन्दराम भुसालले भन्नुभयो, “सङ्कलन केन्द्र स्थापनासँगै यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी जिल्लाभित्र मात्र नभएर बाह्य जिल्ला नारायणघाट, पोखरा, काठमाडौँसम्म पुग्न थालेको छ।”

तरकारी खेतीमा संलग्न किसानलाई सहज बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले आर्थिक सहयोग गरेका थिए। यसैगरी कृषि शाखा चोरमारा र मध्यबिन्दु नगरपालिका गरी सबै क्षेत्रको सहयोगबाट करिब ५० लाख रुपियाँको आर्थिक सहयोगमा सङ्कलन केन्द्र स्थापना गरिएको हो। कोल्हुवा क्षेत्र तरकारी र फलफूल उत्पादनको हिसाबले उर्वर भूमि मानिन्छ। चिसो हावापानी भएको कोल्हुवा क्षेत्रमा रहेका अभिवन, गुडचरी, पतवारी, लेढा र ब्रह्मस्थानलगायतका ठाउँमा तरकारी र फलफूल प्रशस्तै उत्पादन हुने गर्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर