नेभिगेसन मेनु

खानेपानी व्यवस्थापन बोर्डको चरम लापरबाही : धरानमा खानेपानीको हाहाकार
सम्पादक:南亚网络电视
समय:2023-04-24 13:46

dharan-water_gfxsG885QW

धरान उपमहानगरपालिकामा खानेपानीको चरम अभाव भएको छ । उपमहानगरपालिका मातहतको धरान खानेपानी व्यवस्थापन बोर्डले पानी वितरणमा चरम लापरबाही गरेपछि खानेपानीको हाहाकार भएको हो। 

सुख्खा मौसम लागेसँगै धरानको सर्दु, सेउती, खर्दु, पकुवा, निसाने खोलाको पानी सुक्न थालेको र चारकोसे जङ्गलबाट बोरिङ गरेर ल्याइएको पानीलाई धरान खानेपानी व्यवस्थापन बोर्डले व्यवस्थापन गर्न नसक्दा धरानमा खानेपानीको चरम अभाव भएको हो । 

एसियाली विकास बैंक (एडीबीको) आर्थिक सहयोगमा उपमहानगपालिकाले दुई अर्ब ७७ करोड रुपैयाँ लगानीमा खानेपानी आयोजना निर्माण  गरेको हो। आयोजना निर्माणमा आर्थिक अनियमितता कारण धरानबासीले प्रयाप्त रुपमा खानेपानी पाउन सकेका छैनन् । 

धरानमा बर्सेनि खानेपानीको अभाव हुँदै आएपछि धरान उपमहानगरले एशियाली विकास बैंकको आर्थिक सहयोगमा खानेपानी आयोजना सम्पन्न गरेको थियो । तर, आयोजनामा चरम आर्थिक अनियमितता भएका कारण भनेजति पानी उत्पादन नगर्दा धरानमा खानेपानीको हाहाकार भएको छ । 

धरानको १,२,३ तथा ७ देखि १९ वडा सम्म खानेपानीको चरम अभाव भएको छ । हप्तादिनदेखि धरान खानेपानी व्यवस्थापन बोर्डले पानी वितरण नगरेका कारण दैनिक खानेपानी किनेर जीवन चलाउनु परेको धरान ७ का पर्वत राईले बताए ।

उनले धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीको चरम लापरवाहीका कारण धरानमा खानेपानीको हाहाकार भएको बताए । धरान १६का रोशन दाहालले पनि खानेपानी व्यवस्थापन बोर्डले पानी वितरण नगरेका कारण हप्तादिनदेखि घरको धारामा पानी नआएको बताए । 

उनले पानी अभावका कारण भात पकाउन, लुगा धुन र नुहाउन नपाउँदा दैनिक जीवन चलाउन समस्या उत्पन्न भएको बताए । कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सभापति सुजेन्द्र तामाङले खानेपानी आयोजनामा चरम भ्रष्टाचार भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिँदा समेत घटनाको अनुसन्धान नथालिएको भन्दै आपत्ती जनाए । 

उनले तत्काल धरान खानेपानी आयोजनामा भएको भ्रष्टाचारबारे अनुसन्धान गरी दोषिमाथि कारबाही अगाडि बढाउन माग गरेका छन् । घरमा जडान भएको धरामा खानेपानी नआएपछि घण्टौं लगाएर बम धारा, खत्री धारा, विष्णुपादुका, चारकोसे झाडिलगायतका स्थानबाट पानी ल्याउनु परेको  स्थानीयको गुणासो छ । 

धरानमा खानेपानीको अभाव भएपछि यसको असर धरान आउने पर्यटकमा पनि पर्न थालेको छ । खानेपानीको चरम अभाव भएका कारण धरानमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न गम्भीर समस्या भएको  होटल एशोसियसन धरानका बरिष्ठ उपाध्यक्ष कृष्ण पाठकले बताए । 

धरानमा दैनिक ५ करोड लिटर खानीपानीको माग भएपनि २ करोड लिटर मात्र पानी वितरण गर्ने गरेको छ । धरान खानेपानी व्वबस्थापन बोर्डका प्रमुख राजु पोखरेलले बेला बेलामा विद्युत अवरुद्ध हुँदा भनेजति पानी संकलन गर्न समस्या भएको बताए ।

बोर्डले धरानमा ४,५,६ र २० वडा बोहेक साविक धरानमा २८ हजार निजी धारामामार्फत खानेपानी वितरण गर्दै आएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर