नेभिगेसन मेनु

काठेपुलको भरमा हिउँदभर यातायात सञ्चालन
सम्पादक:南亚网络电视
समय:2023-04-17 12:57

Kathepul-Tamor-Taplejung

बैशाख ४ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा अस्थायी काठेपुल लगाएर हिउँद मौसममा यातायात सञ्चालन गरिँदै आएको छ । तमोर नदीमा मोटरेबल पक्की पुल नहुँदा अस्थायी काठको पुल निर्माण गरेर हिउँद मौसमभर यातायात सञ्चालन गर्ने गरिएको हो ।

ताप्लेजुङका नौ वटा स्थानीय तहमध्ये फक्ताङ्लुङ गाउँपालिका जिल्लाकै विकट तथा दुर्गम हिमाली क्षेत्र हो । यस गाउँपालिकाको भू–भाग तमोर नदीको दायाँ–बायाँ दुवैतर्फ पर्ने र एक वडादेखि अर्को वडा जोड्ने मोटरेबल पुल नहुँदा काठेपुलको भरमा यातायात सञ्चालन गरिँदै आएको छ । 

पछिल्लो समय विकट र दूरदराजका गाउँसम्म सडक सञ्जाल बिस्तार हुन थालेसँगै यातायात सुविधाको अभाव खड्किँदै गएको हो । सडक बिस्तार भएपछि यातायात सुविधा पुर्‍याउन गाउँपालिकाले तमोर नदीमा विभिन्न ठाउँमा अस्थायी काठेपुल निर्माण गरेको हो । तमोरमा पक्की पुल नभएपछि केही वर्ष अघिदेखि नै गाउँपालिकाको बजेट लगानीबाट अस्थायी पुल निर्माण गरेर यातायात सञ्चालन गर्दै आएको पालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार सिँवा बजार, छिरुवा, तापेथोक बगरलगायत विभिन्न पाँच ठाउँमा अस्थायी काठेपुल निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको छ । काठेपुल निर्माणपछि यातायात सञ्चालनमा आउँदा सर्वसाधारणले ठूलो राहतको महसुस गरेका छन् । बिरामी पर्दा गाउँटोलमै एम्बुलेन्स झिकाएर प्रयोग गर्न र अन्य कुनै पनि जरुरी सवारी साधनको उपभोग गर्नुपर्ने अवस्थामा सर्वसाधारणले सो सुविधा पाएका अध्यक्ष लिम्बूले बताउनुभयो । 

यस्तै गाउँबाटै गाडी चढेर आफ्नो गन्तव्यसम्म सर्वसाधारणले यात्रा गर्न पाएका छन् भने आवश्यक सामान ढुवानी तथा निकासी गर्नमा सुविधा प्राप्त गरेका छन् । हिउँद मौसम भरलाई भए पनि जिप, ट्याक्सी, मोटरसाइकल, ट्रयाक्टरलगायत यातायातका साधनहरू गाउँघरसम्म नै उपभोग गर्न पाएकोमा सर्वसाधारणले राहतको महसुस गरेका छन् । बर्खा सिजनमा भने तमोरमा पानीको बहाव बढ्ने हुँदा काठेपुल लगाउनलाई असम्भव रहेको छ ।

फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, वडा २ खेजेनिम, वडा ४ इखाबु र वडा ६ लेलेप आधा क्षेत्र तमोर नदीको एकातिर पर्छ भने वडा ३  लिङ्खिम, वडा ५ तापेथोक, वडा ७ ओलाङ्चुङगोला र वडा ६ आधा भाग अर्कोतिर पर्दछ । ओलाङ्चुङगोलामा भने अझै सडकको पहुँच पुगिसकेको छैन । यातायात सञ्चालन गर्न मिल्नेगरी निर्माण गरिँदै आएको अस्थायी काठेपुलका लागि एउटा बराबर तीन लाख ७५ हजार रुपियाँसम्म रकम खर्च हुने गरेको गाउँपालिकाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर