नेभिगेसन मेनु

चौँरी देख्दा पर्यटक मक्ख
सम्पादक:南亚网络电视
समय:2023-04-16 13:38

1

फिदिम, वैशाख ३ गते । पहिलो पटक चौँरी देख्दा झापा जिल्ला अर्जुनधाराका सुनील बराललाई अचम्मै लाग्यो। तस्बिर र भिडियोमा मात्रै देखेका जनावर उहाँले शनिबार प्रत्यक्ष देख्नुभयो। पाँचथरको फालेलुङ गाउँपालिका–४, चार राते पुग्नुभएका उहाँले पहिलो पटक चौँरी देखेको बताउनुभयो। “चौँरी फरकफरक आकार प्रकारका हुँदा रहेछन्, आफ्नो समूह नछोड्ने विशेषता फरक लाग्यो,” बरालले भन्नुभयो।

काठमाडाैँ घर भएर हाल नेपाल बैङ्क लिमिटेड फिदिममा कार्यरत एन्जिला आचार्य चौँरी हेर्नकै लागि पहिलो पटक चार राते पुग्नुभयो। “यस पटक नयाँ वर्ष मनाउने क्रममा चौँरी हेर्ने अवसर जु-यो, पहिलो पटक त्यो पनि सयौँको सङ्ख्यामा चौँरी देख्दा छक्क परेँ, चौँरी चर्ने स्थल झनै रमणीय रहेछ,” उहाँले भन्नुभयो। सदरमुकाम फिदिममै जन्मनुभएकी नेपाल बैङ्क लिमिटेड फिदिमकी शाखा प्रबन्धक कमला चापागार्इं पनि पहिलो पटक यो स्थानसम्म पुगेर चौँरी हेरेर फर्किनुभयो। समुद्री सतहबाट तीन हजार चार सय मिटरको उचाईमा आयोजना भएको महोत्सवमा पुग्दा चौँरी हेरेर सुनील, एन्जिला र कमला जस्तै सयौँ आन्तरिक र बाह्य पर्यटकले मनोरञ्जन लिएका छन्।

चौँरीको प्रवद्र्धन, किसानलाई प्रोत्साहन र उत्पादनको बजारीकरण गर्ने उद्देश्यसहित फालेलुङ गाउँपालिकाले यहाँ २०७४ सालदेखि चौँरी पर्यटन महोत्सव आयोजना गर्दै आएको छ। हिमालमा रमाउने चौँरी र तिनका प्रजातिसँगै चौँरीको दूधबाट निर्मित घिउ, छुर्पी र चीजको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ बताउनुहुन्छ। यो वर्षको महोत्सव चैत ३० गते सुरु भएर शनिबार सकिएको छ। नेपालका विभिन्न जिल्लासँगै भारतको पन्जाब, पश्चिम बङ्गाल, कोलकातालगायतका स्थानबाट दुई हजारभन्दा बढी पर्यटकको उपस्थिति थियो। महोत्सवमा चौँरी गाई र तिनका प्रजातिको प्रदर्शनी गरिएको छ। महोत्सवमा पाँच सयभन्दा बढी चौँरी ल्याइएका थिए।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर