नेभिगेसन मेनु

स्याङ्जामा २६ करोड बढी बेरुजु
सम्पादक:南亚网络电视
समय:2023-04-14 15:17

beruju-original-thumb

पाचँ नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानिय तह रहेको स्याङ्जामा आर्थिक वर्ष २०७८-७९ मा २६ करोड ५७ लाख २८ हजार बजेट बेरुजु देखिएको छ । महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढेर २६ करोड ५७ लाख २८ हजार बेरुजु बढी देखिएको हो । 

यहाँ नगरपालिकामा प्रतिशतका हिसाबले धेरै चापाकोट नगरपालिका ३.०२ प्रतिशत र कम वालिङ नगरपालिका १.४६ प्रतिशत तथा पालिकामा हरिनाशमा सबैभन्दा बढी ४.२६ प्रतिशत र फदिखोलामा सबैभन्दा कम १.१३ प्रतिशत बेरुजु देखिएको छ । 

चापाकोट नगरपालिकामा एक अर्ब २९ करोड ९२ लाख ९५ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड ९२ लाख ४० हजार बेरुजु देखिएको छ भने गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड ३८ लाख २० हजार रुपियाँमा तीन करोड २३ लाख ८६ हजार रुपियाँ बेरुजु देखिएको हो । 

यस्तै, पुतलीबजार नगरपालिकामा दुई अर्ब ३८ करोड १० लाख ४८ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड २५ लाख दुई हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने भीरकोट नगरपालिकामा एक अर्ब ३३ करोड ७७ लाखको लेखापरिक्षणमा दुई करोड १९ लाख ७० हजार रुपियाँ बेरुजु देखिएको छ ।

वालिङ नगरपालिकामा एक अर्ब ८१ करोड ३४ लाख ७३ हजारको लेखापरिक्षणमा दुई करोड ६३ लाख ९९ हजार रुपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकामध्ये हरिनास गाउँपालिकामा ७६ करोड ३४ लाख ५६ हजारको लेखापरीक्षणमा तीन करोड २५ लाख ३४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ । 

यस्तै, आँधीखोला गाउँपालिकामा एक अर्ब १६ करोड ६३ लाख ४१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको भने कालीगण्डकी गाउँपालिकामा एक अर्ब एक करोड ८४ लाख ३१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको छ । 

विरुवा गाउँपालिकामा ९८ करोड ८० लाख ९६ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८१ लाख ४० हजार बेरुजु देखिएको छ ।

फेदीखोला गाउँपालिकामा ९६ करोड ३३ लाख ५५ हजारको लेखापरीक्षणमा एक करोड ९ लाख ३२ हजार रुपियाँ बेरुजु देखिएको छ भने अर्जुन चौपारी गाउँपालिकामा ८२ करोड ७ लाख ४५ हजारको लेखापरीक्षणमा  एक करोड २१ लाख ५० हजार रुपियाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर