नेभिगेसन मेनु

अवैध उत्खननमा रोक
सम्पादक:南亚网络电视
समय:2023-04-11 14:02

Untitled-1

झापा र मोरङको सिमानामा रहेको मावा खोलामा अवैध उत्खनन भइरहेको पाइएपछि दमक नगरपालिकाले तत्काललाई उत्खननमा रोक लगाएको छ। मापदण्डविपरीत उत्खनन भइरहेको सूचना पाएपछि दमक नगरपालिकाले अनुगमन गरेर उत्खननमा रोक लगाएको दमकका नगरप्रमुख रामकुमार थापाले बताउनुभयो।

झापाको दमक नगरपालिका र मोरङको उर्लाबारी नगरपालिकाले साझेदारीमा प्याकेज नं. १ को खोलाजन्य सामाग्री उत्खनन, सङ्कलन तथा बिक्रीका लागि ठेक्का दिएकोमा सम्झौताविपरीत काम भएको पाइएको जनाएको छ। खोला जथाभाबी उत्खनन गर्दा भूक्षयको खतरा पनि बढेको छ।

एनआरआरएन कङ्क्रिट उद्योग प्रालिलाई आईई प्रतिवेदन र रेखाङ्कनअनुसार मेसिन प्रयोग गरेर खोलाजन्य सामग्री झिक्नका लागि नगरपालिकाले अनुमति दिएको थियो। उर्लाबारी नगरपालिकासहित सरोकारवालाले अनुगमन गर्दा आईई प्रतिवेदनविपरीत काम गरेको पाइएपछि उत्खननमा रोक लगाइएको दमक नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञप्रसाद निरौलाले बताउनुभयो ।

“हामीले ठेक्का सम्झौता गरेको सम्बन्धित कम्पनीलाई लिखित रूपमा पत्र काटेर उत्खननमा रोक लगाएका छौँ,” उहाँले भन्नुभयो। यसको बोधार्थ उर्लाबारी नगरपालिका र इलाका प्रहरी कार्यालय दमकलाई गराइएको छ।

जथाभाबी रूपमा खोलाको उत्खनन भएका कारण विगतमा पनि ठूलो समस्या आएको थियो। रतुवा र मावा खोलामा बर्सेनि अवैध रूपमा उत्खनन हुँदा खोलाको धार परिवर्तन हुने र आसपासको क्षेत्रमा पानी नआउने, कुवा तथा पैनीहरू सुक्ने समस्या हुँदै आएको छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर