नेभिगेसन मेनु

तामाकोशीको पक्की पुल निर्माणमा ढिलाइ
सम्पादक:南亚网络电视
समय:2023-03-26 13:40

Untitled-1

दोलखा, चैत १२ गते। दोलखाको भीमेश्वर नगरपालिका–५ र वैतेश्वर गाउँपालिका–६ को सिमानाको तामाकोशीको पक्की पुल निर्माणमा ढिलाइ भएको छ। 

पुल निर्माण हुने स्थलका घरटहरा नहटेका कारण निर्माणमा ढिलाइ भएको पुल योजना सेक्टर नं. २ का योजना प्रमुख केदार नेपालले जानकारी दिनुभयो। 

उहाँका अनुसार दुवैतर्फ जगको काम भइसकेको छ। पुल निर्माणको काम नै सकिने बेलासम्म अतिक्रमित करिब दर्जन घरटहरा नहटाउँदा जगको काम नै रोकिएको थियो। 

गत २०७३ भदौ ७ गते निर्माणको सम्झौता भएको हो। छ महिना ठेकेदारले नापनक्सा गर्दा बित्यो। दुई वर्षमा सम्पन्न हुनुपर्ने पुलको जग मात्र बसेको छ। उहाँले भन्नुभयो, “निर्धारित समयभन्दा पनि दुई वर्ष बितिसक्यो। अब कति ढिलाइ हुने हो पत्ता छैन ?” 

“जगमाथि राख्ने सुपर फिचर तयार गर्दै गरेको जानकारी दिएको छ,” उहाँले भन्नुभयो, “कम्पनीले बजार भाउ वृद्धि भएकाले काम गर्न गाह्रो परेको भन्दै आएको छ। पटक–पटक कडा ताकिता गरिरहेका छौँ। म्याद थप्दै आएकाले असार मसान्तसम्म निर्माण गरिसक्ने प्रतिबद्धता गरेको छ।” 

तामाकोशीमा निर्माण हुने पुलको लम्बाइ करिब ७० मिटर रहेको र आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर