नेभिगेसन मेनु

अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलित
सम्पादक:南亚网络电视
समय:2023-03-24 15:32

andolan_TKVDLbhVw4

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । क्याम्पस प्रमुख लोकबहादुर बरालले स्ववियु निर्वाचन गराउन नचाहेको भन्दै अनेरास्ववियुले आन्दोलन थालेको हो ।  अमृतमा अखिल क्रान्तिकारीको तालाबन्दीका कारण चैत ५ गते स्ववियु निर्वाचन हुन सकेको थिएन् । 

अहिले पनि क्रान्तिकारीको तालाबन्दी यथावत रहेको छ । जसले गर्दा अमृतमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । 

उच्च अदालत पाटनले समेत यथाशिघ्र स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिसकेको छ । १५ दिनभित्रमा निर्वाचन हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न भनेको थियो ।  अनेरास्ववियुले अमृत क्याम्पसमा स्ववियु निर्वाचनको मिति घोषणा गर, विद्यार्थीहरूको मताधिकारको सुनिश्चितता गर भन्दै आन्दोलन गर्दै आएको छ । 

उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशन भएको अवस्थामा निर्वाचन कार्यक्रम रोकिएको थियो । विभिन्न मागहरू अघि सारेर अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो ।  उनीहरूले निर्वाचन कार्यालय र र क्याम्पस प्रशासनमा तालाबन्दी गरेर स्ववियु नहुने अन्योलग्रस्त वातावरण सृजना गरेको अनेरास्ववियुको आरोप छ । 

क्याम्पस अध्यक्ष रुद्रहरि पोखरेलले विद्यार्थीहरू गर्ने मूल्यांकनसँग डराएर क्रान्तिकारीले निर्वाचन गराउन नचाहेर तालमबन्दी गरेको बताए । 

आफुहरू यथाशिघ्र निर्वाचन चाहेको भन्दै उनले क्याम्पस प्रमुखले समेत निर्वाचन गराउन आनाकानी गर्दै आएको बताए । अमृत क्याम्पसमा अध्यनरत सबै विद्यार्थीलाई स्ववियु निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने वातावरण बनाउन माग गरे । आफु अनुकूल चुनावी माहोल भए चुनाव गराउने नभए नगराउने सोच भएकाहरूले गर्दा समस्या भइरहेको उनको भनाई छ । स्ववियु निर्वाचन गराउनको लागि आफुहरू जस्तोसुकै कदम चाल्न बाध्य हुने उनको चेतावनी छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर