नेभिगेसन मेनु

एसईई परीक्षाको तयारी अन्तिम चरणमा
सम्पादक:南亚网络电视
समय:2023-03-26 13:34

See-exam

काभ्रेपलाञ्चोक, चैत १२ गते । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले आगामी शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। 

एकाइ प्रमुख गोकर्णध्वज कार्कीले एसईई परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुगेको बताउनुभयो। उहाँले आइतबार जिल्लामा रहेका परीक्षा केन्द्रका केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रम राखिएको भन्दै अभिमुखीकरणपछि नियुक्त दिएर प्रश्नपत्रहरू सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बताउनुभयो। एकाइ प्रमुख कार्कीका अनुसार यस वर्षको एसईई परीक्षामा जिल्लाका कुल छ हजार ४३६ जना विद्यार्थी सहभागी हुनेछन्। 

परीक्षामा सहभागी हुने विद्यार्थीमध्ये सञ्जीवनी मावि धुलिखेललगायतका छवटा विद्यालयका १६४ जना प्राविधिक धारका विद्यार्थी छन्। यस्तै खुला विद्यालयका १०, एउटा अनौपचारिक विद्यालयका २४५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। एसईई परीक्षाका लागि जिल्लाभर ४० वटा परीक्षा केन्द्र रहनेछ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर