नेभिगेसन मेनु

जाजरकोटमा अवैध मेडिकल सञ्चालन
सम्पादक:南亚网络电视
समय:2023-03-25 14:17

कजान

जाजरकोट, चैत ११  गते  । जाजरकोटमा अधिकांश मेडिकल तथा फार्मेसी दर्ता तथा अनुमति विना नै सञ्चालन हुने गरेको पाइएको छ । जिल्लामा करिब ६० वटा भन्दा बढी मेडिकल सञ्चालनमा रहे पनि १२ वटा मात्र दर्ता भएको पाइएको छ । 

स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा जिल्ला भरिमा ११ वटा मेडिकल र ३ वटा फार्मेसी मात्र दर्ता रहेको पाइएको छ । बारेकोट गाउँपालिकामा रहेका करिब आधा दर्जन मेडिकल ( औषधी) पसलहरू मध्ये आधा मेडिकल राख्न पाउने अनुमति पत्र छैन । छेडागाड नगरपालिकामा पनि दर्जन मेडिकल मध्ये अधिकांश अवैध छन् । तर त्यसरी जनताको ज्यान जोखिममा पार्ने अवैध रूपमा राखिएका मेडिकल को नियमनकारी निकाय मौन देखिएका छन्  ।

मेडिकल ( औषधी ) पसल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधी व्यवस्था विभागबाट स्वीकृत लिएको हुनुपर्ने कानुनी व्यवस्था छ । तर यहाँका गाउँ-गाउँमा भने अधिकांश औषधी पसलहरू कानुनी प्रक्रिया पुरा नगरी अवैध रूपमा सञ्चालन छन् ।

ती मेडिकलहरूले मानव स्वास्थ्य प्रति चरम लापरबाही गरिरहेको स्थानीयहरूको गुनासो रहेको छ। स्वास्थ्य सम्बन्धी सामान्य तालिम लिएका भरमा अधिकांश मेडिकलहरू सञ्चालनमा रहेको बारेकोटका महेन्द्र रोकाया बताउनु हुन्छ ।

अवैध रूपमा सञ्चालन भएका मेडिकल तथा औषधी पसलहरू बन्द गराउने सन्दर्भमा भने नियमनकारी निकायहरूको चासो देखिन् । प्रमुख जिल्ला अधिकारी अञ्जनकुमार न्यौपाने अवैध रूपमा सञ्चालन भएका मेडिकलहरूको अनुगमनको लागि टोली परिचालन गरिएको बताउनु हुन्छ ।

निजी मेडिकलहरूले सुरुमै हाई डोजको औषधी चलाउँदा निजी मेडिकलहरूमा धाउने बिरामीहरूको सङ्ख्या बढी रहेको छ । निजी मेडिकलहरूले बिरामीहरूको स्वास्थ्य अवस्था नै नबुझी सुरुमै कडा खालको औषधी प्रयोग गर्ने गरेको एक स्वास्थ्यकर्मीले बताउनु भएको छ ।  ‘चिकित्सकको अनुमति विना कडा खालका यान्टिबायोटिक औषधी विक्री गर्न मिल्दैन तर जाजरकोटका मेडिकलवालाहरुले आफै बिरामी चेक गर्ने र मनोमानी तरिकाले औषधी दिने गरेको गुनासो रहेको छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर