नेभिगेसन मेनु

बारेकोटमा फोरजी सेवा
सम्पादक:南亚网络电视
समय:2023-02-24 13:33

Untitled-1 (1)

जाजरकोट, फागुन १२ गते । नेपाल टेलिकमले बारेकोटमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएको छ। बारेकोट गाँउपालिका–८, जन्तेलेकमा फोरजी सेवासहितको टावर सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ। कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले टावर उद्घाटन गर्नुभएको छ। 

जन्तेलेकको टावर सञ्चालनमा आउँदा बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका केही वडावासीलाई सञ्चार सम्पर्क गर्न सजिलो भएको छ। अन्य स्थानमा निर्माणाधीन टावर पनि छिटो सम्पन्न गरी सातवटै पालिकामा सञ्चारको पहुँच पु-याइने बताइन्छ। टेलिफोन टावर सञ्चानलमा आएपछि नलगाड नगरपालिका–५ र ६, बारेकोट गाँउपालिका ७, ८ र ९ का सर्वसाधारणले सञ्चार सुविधा पाएका छन्।

सातवटै पालिकामा फोरजी सेवा उपलब्ध हुनेगरी टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्यसाथ काम थालेको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपेन्द्र अधिकारीले बताउनुभयो। जिल्लाबाहिर फोन सम्पर्क गर्न घण्टौँ हिँडेर डाँडा र अग्लो रुख चढ्नुपर्ने बाध्यता अन्त्य भएको बारेकोट गाउँपालिका–८ का वडाध्यक्ष योगेन्द्र सिंहले बताउनुभयो। 

जाजरकोटका अधिकांश स्थानमा फोरजी सेवासहितका २० वटा टेलिफोन टावर सञ्चालनमा आएपछि नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्या वृद्धि भएको टेलिकमका कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। टावर उद्घाटनक्रममा नेपाल टेलिकमले निःशुल्क मोबाइल सिमकार्ड वितरण गरेको छ। उहाँका अनुसार सात सय जनालाई नमस्ते मोबाइलको सिमकार्ड वितरण गरिएको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर