नेभिगेसन मेनु

महिला उद्यमीसँग अस्ट्रेलियन राजदूत
सम्पादक:南亚网络电视
समय:2023-03-09 13:48

Untitled-1

जुम्ला, फागुन २५ गते । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले जुम्ला जिल्ला पातारासी गाउँपालिकाका महिलाले उत्पादन गरेका उत्पादन अवलोकन गर्नुभएको छ। पातारासीका महिलाले मार्सी चामल, स्याउ, सिमी, ओखर, चिनो कागुनोको उत्पादन र बजारीकरणका क्षेत्रमा काम गरिएका छन्।  

उहाँले आफूले नेपालमा तेस्रो पटक महिला दिवस जुम्लामा मनाउन पाउँदा तथा महिलाले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरणका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको बताउनुभयो। जुम्लामा महिला केन्द्रित उद्यम सञ्चालन परियोजनासँग करिब १० वर्ष साझेदारी हुने प्रतिबद्धतासमेत राजदूत भोल्कले जनाउनुभयो। अस्ट्रेलियन एड र बीपीडब्लु नेपालको साझेदारी तथा जुम्लाको स्थानीय सहकारी हिमालयन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहजीकरणमा पातारासी गाउँपालिकाको कृषि तथा वन सम्बन्धित उत्पादनमा महिला सहभागी छन्। 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले महिलाको जीवनस्तर वृद्धिका लागि राजदूत भोल्क आएर परियोजनाको अवलोकन गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले पातारासीमा लागू भइरहेको सो कार्यक्रम जिल्लाभरि सञ्चालन गर्न सुझाव दिनुभयो। चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले नेपाल र अस्ट्रेलियाको मैत्री सम्बन्ध थप राम्रो बनाउन दुर्गम क्षेत्रमा काम सुरु भएकाले धन्यवाद ज्ञापन गर्नुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर