नेभिगेसन मेनु

क्रिकेट टिमलाई एक लाख दिने बागमती प्रदेश सरकारको घोषणा
सम्पादक:南亚网络电视
समय:2023-03-17 17:55

Mukhya-Mantri-Karyalaya--Bagamati

हेटौँडा, चैत ३ गते। बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही एक लाख रुपियाँ दिने भएको छ। 

प्रदेश सरकारले क्रिकेट खेलमार्फत् देशको गौरव बढाउन योगदान पुर्‍याएको भन्दै विश्वकप छनोटमा पुगेका खेलाडीलाई एक लाख रुपियाँसहित सम्मान गर्ने निर्णय गरेको हो। 

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही एक लाख रुपियाँ प्रदान गर्न लागेको जानकारी दिनुभयो। 

यसअघि संघीय सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मानसहित जनही तीन लाख दिने घोषणा गरेको छ। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार भएको अन्तिम खेलमा यूएईलाई नौ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर