नेभिगेसन मेनु

कालीकोटमा प्रहरीमाथि आक्रमण
सम्पादक:南亚网络电视
समय:2023-03-07 15:37

1

कालीकोट, फागुन २३ गते । कालीकोटको सदरमुकाम मान्ममा सोमबार साँझ डिउटीमा रहेको ट्राफिक प्रहरीमाथि आक्रमण भएको छ । होली मनाइरहेका युवाहरुले जिल्ला ट्राफिक कार्यालयको डिउटीमा रहेका प्रहरीमाथि आक्रमण गरेका हुन् । युवाहरुको समूहले होहल्ला गर्दै ट्राफिक कार्यालयमा आएर डिउटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी आएको समूहले कार्यालयमै आएर आक्रमण गरेको र केही प्रहरी घाइते भएका छन् । आक्रमणबाट प्रहरी जवान विष्णु शर्माको हात काटिएको छ भने प्रहरी वरिष्ठ हवल्दार दीपक बोहोरालाई पनि चोट लागेको छ । साथै कार्यलयमा रहनुभएका प्रहरी सहायक निरीक्षक लक्ष्मीराज जोशी, प्रहरी जवान रवीन्द्र बुढालाई पनि कार्यालयमै प्रवेश गरी आक्रमण भएको प्रहरीको दाबी छ ।  आक्रमणमा संलग्न दुई जनालाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुबराज बमले कार्यालयमा आएर आक्रमण गर्नेहरुलाई कारबाही लागि मुद्दा चलाउने तयारी भइरहेको बताउनुभयो । उहाँले आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको र अरुको खोजी भइरहेको बताउनुभयो ।

प्रहरीले आक्रमणमा संलग्न खाँडाचक्र नगरपालिका वडा नं २ का उपेन्द्र शाही र वडा नं ११ बदाल्कोटका महेश भारतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । स्थानीयका अनुसार केहीले प्रहरीमाथि आक्रमण गरिरहेका थिए भने केहीले भिडियो खिचिरहेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर