नेभिगेसन मेनु

जुम्लामा हिमपात : जनजीवन कष्टकर, कृषक उत्साहित
सम्पादक:南亚网络电视
समय:2023-02-22 16:07

1

कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलंगामा समेत हिमपात भइरहेको छ।सोमबार राति तीन वजेबाट अहिलेसम्म लगातार हिउँ परिरहेको छ। लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ ।ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी  चिसोबाट बढी प्रभावित भएका छन् ।किसान भने हिमपातपछि उत्साहित भएका छन् । 

यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् ।हिउँदेबाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ।

 हिमपातले यातायात सेवा प्रभावित भएको छ । यस वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात शुरु भएपछि यहाँका किसानले लगाएको गहुँ, जौँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई फाइदा गर्ने हुँदा हर्षित तुल्याएको किसान मानबहादुर बुढाले बताए । हिमपातपछि जुम्लाको तापक्रम माइनसममा झरेको छ। सोमबार रातिदेखि परेको हिउँले जुम्लाका किसानलाई राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए।

 
 
 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर