नेभिगेसन मेनु

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला स्थापना
सम्पादक:南亚网络电视
समय:2023-03-05 13:59

Untitled-1 (3)

सुर्खेत, फागुन २१ गते । कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालन भएको छ। विगतमा प्रयोगशाला नहुँदा कुनै पनि रोगको परीक्षण गर्न प्रदेशबाहिर पठाउनुपर्ने अवस्था रहेकोमा अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालन भएपछि सहज हुने भएको छ। शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नुभयो। 

सो क्रममा मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताउनुभयो। उहाँले प्रयोगशाला सञ्चालन भएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रका रूपमा पनि विकसित गर्न लागिने जानकारी दिनुभयो। 

प्रयोगशालाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्यसम्बन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताउनुभयो। उहाँले अब अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुने उल्लेख गर्नुभयो। प्रयोगशालामा नौ जना प्राविधिकहरूको दरबन्दी भए पनि हाल तीन जनामात्रै पूर्ति भएको छ। 

अन्य गरी कुल १६ जना जनशक्ति छन्। प्रयोगशालाका ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने र सङ्क्रामक रोगको परीक्षण, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताउनुभयो। उहाँले प्रयोगशालाबाट निदात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिने उल्लेख गर्नुभयो। 

दुर्गम तथा पिछडिएको क्षेत्रको जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्ने गिरीले बताउनुभयो। 

सो प्रयोगशालामा अन्यत्र भएका झन्डै आधा रकममा रगत, दिसा, पिसाब, खकारलगायतका परीक्षण हुने जनाइएको छ। सो अवसरमा निवर्तमान मन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले प्रयोगशालाको स्तरोन्नतिमा ध्यान दिइने जनाउनुभएको थियो।     

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर