नेभिगेसन मेनु

खुल्यो उत्तरी नाका
सम्पादक:南亚网络电视
समय:2023-02-19 14:18

asaa

काठमाडौँ, फागुुन ७ गते । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले  माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् ।

चिनियाँ नाकाहरूमा रसुुवाको केरुङ, सिन्धुुपाल्चोकको कोदारी तातोपानी, मुुस्ताङको कोरला, सङ्खुुवासभाको किमाथाङ्का, ताप्लेजुुङको ओलाङ्चुुङ्गोला र हुुम्लाको यारी छन् । तीमध्ये रसुुवाको केरुङ, तातोपानी कोदारी र हुुम्लाको यारी व्यापारिक नाका हुन् । यद्यपि भूकम्पयता तातोपानी नाका करिब बन्दजस्तै छ । उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उत्तरी नाका खुुला भई सामान नियमित रूपमा आउन थालेको जानकारी दिनुुभयो । चीनतर्फका उत्तरी नाका खुुला भई सञ्चालनमा आएकोे उहाँले स्पष्ट पार्नुभयो । 

कोभिडको कारण देखाउँदै करिब तीन वर्ष केरुङ नाकाबाट सामान आयात भए पनि निर्यात हुन सकेको थिएन । गत १२ पुुसदेखि नाका खुला भएको थियो । कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द रहेको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुुला भई नियमति रूपमा सामान आउन थालेको जानकारी दिनुुभयो । “अहिले नाका खुुला भई दैनिक १० देखि १२ ट्रक सामान आउने गरेको छ,” उहाँले भन्नुभयो ।  सामान्य अवस्थामा दैनिक १४ देखि १५ ट्रक सामान आयात हुने गरेकामा अहिले दैनिक १० देखि १२ ट्रक मात्र सामान आउने गरेको उहाँको भनाइ छ । नाकाबाट सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत भने अझै खुुला नभएको उहाँले जानकारी दिनुुभयो ।  

केरुङ नाकाबाट आयातको तुुलनामा निर्यात कम रहेको भण्डारीले जानकारी दिनुुभयो । पुस १२ देखि रसुुवा नाका खुुला भई स्वदेशी सामान निर्यात हुुन थालेको हो । बीचमा दुुई साता बन्द भएको सो नाकाबाट हालसम्म ११ करोड रुपियाँ बराबरको ८० ट्रक सामान निर्यात भएको रसुुवा भन्सार कार्यलयले जनाएको छ । नेपालबाट बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

 नेपालबाट चीनतर्फ निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्व अध्यक्ष नरेश कटुुवालले व्यवसायीसँग पैसा नहुुँदा कम मात्र सामान ल्याउने गरेको बताउनुुभयो । बैङ्कको उच्च ब्याजदरले ऋण र किस्ता तिर्न नसक्ने अवस्थामा रहेकाले पर्याप्त सामान अर्डर गर्न नसकेकोले केरुङ नाकाबाट कम मात्र सामान आउने गरेको उहाँको भनाइ छ । चीनबाट नेपालमा ठूलो परिमाणमा विभिन्न सामान आयात हुने गरेकामा नेपालबाट न्यून परिमाणमा सामान निर्यात हुने गर्छ ।

भन्सार विभागका अनुुसार चालू आर्थिक वर्षको छ महिनामा चीनबाट एक खर्ब ९ अर्ब ७८ करोड सात लाख रुपियाँ सामान आयात भएको छ । सो अवधिमा ३४ करोड ११ लाख एक हजार रुपियाँ बराबरको सामान निर्यात भएको छ । चीनसँग एक खर्ब ९ अर्ब ६३ करोड ७५ लाख ९९ हजार रुपियाँ व्यापार घाटा छ । 

विभागको तथ्याङ्कअनुसार आव २०७८-७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपियाँ सामान आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो । 

चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । स्वदेशी वस्तुको निर्यातमा छुुटको व्यवस्था भए पनि निर्यात भने न्यूून मात्र हुनेगर्छ । 

 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर