नेभिगेसन मेनु

अमेरिकाको टोमाहक क्षेप्यास्त्र किन्ने प्रयास गर्दै जापान, चीनको जोखिम हो कारण
सम्पादक:南亚网络电视
समय:2023-02-15 16:25

tomahawk-missiles_kGfo2X5vQC

जापानका रक्षामन्त्री यासुकाजु हमादाले अमेरिकासँग टोमाहक क्रुज क्षेप्यास्त्रहरू किन्ने सम्झौतामा हस्ताक्षर गरिने घोषणा गरेका छन् । 

सन् २०२३ भित्रै ती हतियारहरू किन्न सकिने सम्भावना छ । 

जापान सरकारले सबै क्षेप्यास्त्रहरू एकैपटक किन्ने हमादाले बताए । शुरूमा कैयौं वर्ष लगाएर विभिन्न जत्थामा हतियार किन्ने योजना बनेको भए पनि अब एकैपटकमा किन्न लागिएको उनको भनाइ छ । 

जापानी समाचार संस्थाको खबरअनुसार, जापानले ५०० वटा जति टोमाहक क्षेप्यास्त्र किन्न खोजेको छ । 

चीन र उत्तर कोरियाबाट तेर्सिएको जोखिमको सामना गर्नका लागि जापानको प्रत्याक्रमण क्षमता बढाउने हिसाबले यी क्षेप्यास्त्रहरू किन्न लागिएको हो । गत डिसेम्बर महिनामा ग्रहण गरिएका तीन महत्त्वपूर्ण सुरक्षा दस्तावेजमा प्रत्याक्रमण क्षमता अभिवृद्धि गरिने उल्लेख थियो । 

टोमाहक क्षेप्यास्त्रको दायरा १६ सय किलोमिटर हो । यी क्षेप्यास्त्रहरू जापानबाट प्रहार गरिएमा चिनियाँ तटसम्म पुग्न सक्छन् । जापानले आफ्नै हतियार प्रणाली विकसित नगरुन्जेल क्षेप्यास्त्र शक्तिलाई कायम राख्न यी अमेरिकी क्षेप्यास्त्रहरू उपयोगी हुने बताइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर