नेभिगेसन मेनु

वुहानका बासिन्दा भन्छन् : अब कोरोनासँग डराउँदैनौं
सम्पादक:南亚网络电视
समय:2023-01-24 13:28

china-covid_20221219115248

कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको जनाएका छन् । 

जनवरी २०२० मा बेइजिङले वुहानलाई कोरोना प्रकोप कम गर्न लकडाउन गर्न आदेश दिएको थियो । उक्त समयमा लाखौँ मरेका र विश्वव्यापी अर्थतन्त्र उथलपुथल भएको थियो । तर अब विश्वभरि धेरैका जीवन सामान्यमा फर्किएको र लगभग तीन वर्षको कठोर तालाबन्दी र अनिवार्य सामूहिक परीक्षणपछि, बेइजिङले गत महिना शून्य–कोभिड नीति हटाएको छ । 

नयाँ वर्ष मनाउने क्रममा, बजार र ईरमा भीडभाड हुँदा पनि स्थानीय कोहीले मास्क लगाएका थिएनन् । वुहानको गुइयुआन मन्दिर तीन वर्षमा पहिलो पटक खोलिएको छ । 

चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार मानिसको कोभिड–१९ सङ्क्रमणले मृत्यु भएको थियो ।  गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो । 

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर