नेभिगेसन मेनु

कोरोना : चीनले विदेशी यात्रुका लागि क्वारेन्टिनको सर्त अन्त्य गर्ने
सम्पादक:南亚网络电视
समय:2022-12-27 12:37

china_mTTGKj35gC

चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको छ । चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो कदम चालेको हो ।चीन सरकारले विगत केही दिनदेखि लगातार कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो पार्दै आएको छ ।यसैबीच चीनमा कोरोनाको मामिलामा ठूलो वृद्धि देखिएको छ ।

स्वास्थ्य क्षेत्रका कर्मचारीले बदलिँदो परिस्थितिलाई सम्हाल्न निकै चुनौतीको सामना गरिरहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले यस विषयमा आफ्ना अधिकारीहरूलाई जीवन बचाउनका लागि सक्दो प्रयास गर्न आग्रह गरेका छन् ।

यससँगै चीनको आधिकारिक मिडियाका अनुसार जिनपिङले बदलिएको परिस्थितिसँग जुध्न थप प्रभावकारी उपायहरू आवश्यक रहेको बताएका छन् ।

चीनले पछिल्ला केही दिनमा कोभिडसँग सम्बन्धित डाटा जारी गर्न रोकेको छ। तर चीनमा हरेक दिन हजारौं मानिसको ज्यान जाने गरेको आशंका गरिएको छ ।

सन् २०२० को मार्च महिनापछि चीन आउने सबै विदेशी यात्रुलाई क्वारेन्टिनमा बस्न अनिवार्य गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर