नेभिगेसन मेनु

कोरियाको रोजगारी छाडेर माछापालन
सम्पादक:南亚网络电视
समय:2023-01-09 12:47

Untitled-1

 

स्याङ्जा, पुस २५ गते । दक्षिण कोरिया जानका लागि युवाको आकर्षण बढिरहँदा यहाँका एक युवाले कोरियाको वैदेशिक रोजगार छाडेर गाउँमै माछापालन व्यवसाय गरेका छन्। चार वर्ष कोरिया बसेर बिदामा घर आउनुभएका अर्जुनचौपारी–१, ठाडो खेतका ३२ वर्षीय कमल अर्याल माछापालन व्यवसायमा लाग्नुभएको हो। मासिक डेढ लाखको कमाइ छोडेर अर्यालले स्वदेशमै केही गर्छु भनेर माछापालनमा लागेको बताउनुभयो। 

निकै मेहनत र परीक्षा दिएर नाम निकालेर कोरिया गएको बताउँदै अर्यालले यहाँ पनि दुःख गरे केही गर्न सक्छु भनेर पुनः कोरिया नगएको बताउनुभयो। चार वर्षमा ८० लाख कोरियामा कमाएको बताउँदै अर्यालले कोरियाबाट ल्याएको ६० लाख माछापालनमा लगाएको जानकारी दिनुभयो। 

उहाँले १० रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी बनाएर माछा पाल्नुभएको हो। एक पोखरी र पाँच हजार भुराबाट माछा पाल्न थाल्नुभएका अर्यालले तीन वर्ष पुग्दा अहिले पोखरीमा ५० हजार भुरा पाल्नुभएको छ। अर्यालको तीन रोपनीको एउटै पोखरीमा ३५ हजार माछा पालिएको छ भने अन्य चारवटामा १५ हजार रहेका छन्। 

पोखरीमा माहुर, रहु, कामन कार्प जातका माछा पालेको र राम्रोसँग फस्टाएको अर्यालले बताउनुभयो। माछा पाल्न हावापानी राम्रो भएको बताउँदै अर्यालले एउटै माछा तीन किलोसम्म भएको बताउनुभयो। कोरियाभन्दा माछापालनबाट १० लाख वार्षिक कमाएको बताउँदै अर्यालले परिवारसँगै बसेर आफ्नै जन्मथलोमा काम गर्दा सन्तुष्टि मिलेको बताउनुभयो।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर