नेभिगेसन मेनु

महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड
सम्पादक:南亚网络电视
समय:2022-11-15 12:24

blog

निर्वाचन सुरक्षार्थ खटिएका महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड र प्राथमिक उपचारका लागि औषधि प्रदान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आदर्श सञ्चार सहकारी संस्था र नर्वदा टे«डर्ससँगको समन्वयमा ३१८ जना महिला सुरक्षाकर्मीलाई एक महिनालाई पुग्ने स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो। उहाँहरूलाई सिटामोल, जीवनजल, सुगर, प्रेसरका सामान्य औषधि तथा प्राथमिक उपचारका अन्य सामग्री प्रदान गरिएको जनाइएको छ। निर्वाचन सुरक्षामा खटिने ६७ महिला प्रहरी र २५१ जना महिला म्यादी प्रहरीलाई सामग्री हस्तान्तरण गरिएको बागलुङका प्रहरी प्रमुख दयानिधि ज्ञवालीले बताउनुभयो। 

कार्यक्षेत्रमा खटिएका बेला महिनावारी हुँदा समस्या नहोस् भनेर सेनेटरी प्याड सहयोग गरेको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जीसीले बताउनुभयो। “गाउँ–गाउँ खटिएका बेला ‘पिरियड’ हुन सक्छन्,” उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रमा प्याड किन्नसमेत नपाइने हुँदा महिलाको स्वास्थ्यलाई ख्याल गरेको हो।”  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर