तनहुँ पुग्यो निःशुल्क सार्वजनिक शौचालय अभियान
समय:2022-06-09 03:56

तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान सुरु भएको छ । जिल्लाका होटल, मोटरसाइकल शोरुमलगायतका व्यवसायीले निःशुल्क सार्वजनिक शौचालय अभियानमा सहयोग पुर्याएका हुन् । 

बन्दीपुरको टुँडिखेल स्थित हेरिटेज गेष्ट हाउसले शौचालयको सुविधा दिएको छ । पर्यटकलाई ध्यानमा राखेर निःशुल्क शौचालयको सुविधा दिएको सञ्चालक किसन प्रधानले बताउनुभयो । सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ । 

यस्तै दमौलीकै एएस मेशिनरी स्टोर्सले पनि निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिने घोषणा गरेको छ । सोही स्थानको गोर्खाली मोटर्स प्रालिले पनि निःशुल्क शौचालयको सुविधा प्रदान गरेको छ

काठमाडौंका मेयर बालेन्द्र शाहले निजी क्षेत्रलाई कार्यलयमा सार्वजनिक शौचालयको व्यवस्था गर्न गरेको आग्रह देशैभर फैलने क्रममा छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर